२०८१ असार ३१ गते आइतवार

तुलसीपुरमा च्याउ टिप्न गएका ३ महिला बाघको आक्रमणबाट घाइते

दाङ, असार २४ । दाङको तुलसीपुर बेलुवामा वनमा च्याउ खोज्न गएका तीन महिला बाघको आक्रमणबाट घाइते भएका छन् ।  

तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवाका ४५ बर्षीया कमला केसी, ५२ बर्षीया सीताकुमारी भण्डारी र १८ बर्षीया सरिता भण्डारी घाइते भएका छन् । केसीको दुबै हात, सीताको ढाड र पेट र सरिताको दायाँ हातमा बाघको आक्रमणबाट घाउ खतहरु बनेका छन् । 

उनीहरु तीनै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको छ । घाइते सबैको अवस्था सामान्ने रहेको छ । 

सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर – ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए । 

वनमा च्याउ खोज्न गएका महिलाहरुलाई आक्रमण गर्ने बाघ थियो कि चितुवा त्यसको अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *