तुलसीपुर, असार ४ । दंगीशरण गाउँपालिकाको आयोजना तथा ओम राज श्री मल्टी एग्रो प्रालि काठमाडौंको प्राविधिक सहयोगमा ३० दिने तालिम समापन भएको छ ।
‘स्थानीय स्रोत र साधन, रोजगारी श्रीजनाको प्रमुख आधार’ भन्ने नाराका साथ महिलाहरुका लागि प्राकृतिक रेशाजन्य वनस्पती थाकलको पातवाट हस्तकलाका बिभिन्न सामाग्री उत्पादन सम्बन्धि ३० दिने सीप मुलक तालिमको समापन भएको छ ।
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ३० दिने तालिमको समापन गरिएको हो ।
समापन अवसरमा कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्थानीयस्तरको कला कौशललाइ देश बिदेशसम्म पु¥याउन सिकेको सिपलाइ व्यबहारमा उतार्न आवस्यक रहेको बताएका थिए ।
पुरानो तथा मौलिक कला संस्कृती र परम्परालाइ जोगाइराख्न यस्ता सीपको बिकासमा आफुहरु लागि परेको अध्यक्ष गिरीले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष पिमा वली खड्काले विकासका पुर्वाधारका साथै लक्षित बर्गका नागरिकको सीप विकासका लागि बजेट बिनियोजन गरेको बताइन । परम्परागत भन्दा पृथक सैली बाट आकर्षक तवरले बुनियाका स्थानीय उत्पादनले बिदेसी बजारमा समेत मुल्य पाउने उपाध्यक्ष खड्काले बताइन । सीप कहिले नमर्ने र सीप हासिल गरेपछि थोरै भएपनि आयआर्जनमा सहयोग मिल्ने उपाध्यक्ष खड्काले बताइन ।
प्रशिक्षक सिता गैरेले तालिम लियर मात्र नहुने हुँदा मनदेखि नै खालि समयको सदुपयोग गर्दै व्यबहारमा उतार्न आग्रह गरिन ।
प्रशिक्षार्थी नमुना लामिछानेले आगामी दिनमा अझै सिप अभिबृद्दी गर्ने खालका कार्यक्रम ल्याइदिन आग्रह गरिन ।
त्यस्तै सहभागि कमला गिरीले तालिमले आफुहरुलाइ उधमी बन्न र जिविकोपार्जनमा ठूलो सहयोग पुग्ने गिरीले बताइन ।
कार्यक्रमको सहजीकरण महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीले गरेकी थिइन ।