२०८१ असार ६ गते बुधवार

गाडी भाडामा ५० प्रतिशत छुट पाएनौं – जेष्ठ नागरिक


तुलसीपुर, जेठ १६ । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि र जेष्ठ नागरिक बीच छलफल गरेको छ ।
छलफलमा सहभागी जेष्ठ नागरिकले राज्यले जेष्ठ नागरिकलाई दिएका सेवा सुबिधा सम्बन्धित निकायले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । उनीहरुले सार्वजनिक यातायातको भाडामा पाउनुपर्ने ५० प्रतिशत छुट कार्यान्वयन नगरिएको भन्दै त्यसलाई कार्यान्वय गराइदिन आग्रह गरे ।


कार्यक्रममा जेष्ठ नागरिक दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले सार्वजनिक यातायातमा चढ्दा आफूहरुले भाडामा ५० प्रतिशत छुट नपाएको भन्दै आफ्नो अधिकार माग्दा गाडी स्टाफको दुव्र्यवहार खेप्नुपरेको गुनासो गरे । त्यस्तै ललितबहादुर वलीले जेष्ठ नागरिकलाई समाजमा सम्मानजनक व्यवहार गर्ने वातावरण हुनुपर्ने बताए ।


गुनासाको सम्बोत्रन गर्दै तुलसीपुरका मेयर टीकाराम खड्काले जेष्ठ नागरिकको सम्मानबिना सभ्य समाजको कल्पना गर्न नसकिने बताए । ‘जेष्ठ नागरिकको सम्मान नगर्ने मान्छे असल नागरिक हुनसक्दैन ।’ उनले भनेका थिए ,‘सभ्य समाज निर्माणका लागि जेष्ठ नागरिकको सम्मान अनिवार्य शर्त हो ।’


सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि आफू गम्भिर रहेको भन्दै सरोकारवाला सँग यसबारेमा छलफल गरी कार्यन्वयन गर्ने प्रतिवद्धता जनाए ।

उपमहानगरका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता भएको छलफलको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *