२०८१ असार ७ गते बिहिवार

व्यवसायीक सूचक बोर्डको कर नतिर्ने दाङ उवासंघको निर्णय


गोविन्द खड्का, घोराही,जेठ १ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशिको अध्यक्षतामा मंगल बार बसेको बैठकले व्यवसायीक सूचक बोर्डको कर नतिर्ने निर्णय गरेको छ ।

आव २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ सम्मको सुचक बोर्डको कर मागेर चिठी पठाएकोमा विरोधि जनाएको छ ।

बैठकले अर्को निर्णय नहुँदा सम्म कर नतिर्नु भनेको छ । चाँडै घोराही उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम ल्याउने भनेको छ ।

बैठकमा संघका पदाधिकारीहरु, बस्तुगत समितिका अध्यक्षहरु, उद्योगिहरु, डिलर तथा थोक विक्रेताहरुको, पसल व्यवसायीहरुको उपस्थिति थियो ।

विषय प्रवेश संघका वरिष्ठ उपाध्यक्ष नरशेकुमार श्रेष्ठले र सञ्चालन महासचिव महेन्द्र बुढाथोकिले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *