२०८२ बैशाख ११ गते बुधवार

कपुरकोटमा शनिबार आँखा शिविर बस्दै

 

सल्यान, जेठ १७ ।सल्यानको कपुरकोटमा शनिबार निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । कपुरकोट गाउँपालिकाको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल तुलसिपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।

आखा सम्बन्धी कुनै पनि समस्या भएका नागरिकलाइ जाँच गराइ सेवा लिन गाउँपालिकाले सबैमा आग्रह गरेको छ । चेक जाँच पश्चात चश्मा प्रयोग गर्नुपर्ने जेष्ठ नागरिकलाइ निःशुल्क चश्मा वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जनाएका छन् ।

श्निबार विहान ९ बजे देखि शुरु हुने शिविरमा मोतीयाविन्दुको समस्या भएका विरामीको लागि निःशुल्क अप्रेशन सेवा पनि प्रदान गरिने दाहालले जानकारि दिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *