
शिवु खनाल,
देउखुरी, जेठ १७ । लमहीमा प्रथम मेयरकप भलिवल प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा नगरमा पहिलो पटक मेयरकप भलिबल प्रतियोगिता सुरु भएको हो । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा प्रथम मेयरकप भलिबल प्रतियोगिताको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बल सर्भीस गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नगर प्रमुख कुलबहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्र समृद्धिको लागि अति आवश्यक रहेको भन्दै, स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि खेल क्षेत्रबाट देशलाई चिनाउने बताए । खेल खेलाडीको अभिन्न अंग हो, यसलाई निरन्तरता दिन आग्रह गर्दै, खेलले अनुशासन हुन सहयोग पु¥याउने बताए । साथै नगर प्रमुख केसीले खेलाडीहरु लाई खेलको नियम अनुसार म¥यादित भैइ खेल खेल्न प्रतियोगितामा सहभागि खेलाडीहरु लाई आग्रह गरेका थिए ।
कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी, वडा नम्बर ५ का सदस्यहरु, रेफ्रि रविन्द्र जिसी, पत्रकार टेकबहादुर पुन लागएतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण पुष्पराज अधिकारीले गरेका थिए ।
यस्तै मेयरकप अन्र्तगत लमहीमा चार खेल हुने भएको लमही नगरपालिकाले जनाएको छ । जस अन्र्तगत मेयरकप क्रिक्रेट प्रतियोगिता, ब्याटमिनटन प्रतियोगिता, फुडबल प्रतियोगिता र भलिवल प्रतियोगिता रहेको छ ।
भलिबल प्रतियोगितामा नगर अन्र्तगतका ७ वटा टिमले सहभागि जनाएका छन् । जस अन्र्तगत पहिलो खेलमा लमही नगरपालिका वडा नम्बर ५ को बि.टिम र लमही नगरपालिका वडा नम्बर ६ बिच खेल सुरु भएको हो । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार तिस हजार, द्धितिय पुरस्कार बिस हजार र तिृतिय पुरस्कार दश हजार र सिल्ड, मेडल र प्रमाणपत्र रहेको लमही नगरपालिकाले जनाएको छ ।
