२०८१ असार ९ गते शनिवार

कार दुर्घटना हुँदा एकको मृत्यु,७ घाइते


अर्घाखाँची,चैत २८ । अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती दुर्गाफाट सडक खन्डको पाणिनी ८ कोलडाडाको ओरालोमा बुधवार अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको रहेकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाईते भएका छन् ।

घाईते हुनेमा भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि ३० वर्षिय सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कंडेल र १० वर्षिय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट अन्दाजी २०० मोटर तलखसेको थियो । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ । घाईतेको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *