२०८२ जेष्ठ ११ गते शुक्रवार

प्रहरीले बल प्रयोग गरि खुलायो हुलाकी राजमार्ग


तुलसीपुर, चैत ११ । सवारी दुर्घटनामा राजपुरका दुई युवकको मृत्यु पछि पीडित पक्षले क्षतिपूर्ती माग गर्दैै गरेको हुलाकी राजमार्ग अवरुद्ध प्रहरीले बल प्रयोग गरि खुलाएको छ ।


जिल्लाको राजपुर गाउँपालिका – ५ मा स्थानीयले बन्द गराएको हुलाकी सडक खण्ड प्रहरीले बल प्रयोग गरि खुलाएको छ ।

जंग्रहवा र नौसहरा बीचमा रहेको कोरियाखोला पुल नजिक शनिबार राति पौने ८ बजे रा १ ख २३६० नम्बरको बसले रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना स्थानीय युवकको मृत्यु भएको थियो । पीडित पक्षले यहाँपनि उचित क्षतिपुर्तीको माग गर्दै बिहान सवा ११ बजेदेखि करिब डेढ घन्टा सडक खण्ड अवरुद्ध पार्दै आएका थिए ।


प्रहरीले सडक खण्ड बन्द कर्तालाई संझाई बुझाई गर्दा नमानेर आवागमन बन्द गर्ने कार्य गर्दैै आएको हुँदा बाध्य भइ लाठी चार्ज गरि सडक खण्ड खुलाइएको जानकारी दिएको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार राजपुर गाउँपालिका– ५ का २४ वर्षीय प्रमोद यादवको घटनास्थलमै र पछाडि सवार २३ वर्षीय प्रदीप यादवको उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

त्यसैलाई लिएर बसका चालकले लापरवाही गरेको भन्दै उचित क्षतिपुर्तीको मागसहित पीडित पक्षले सडक खण्ड अवरुद्ध पारेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *