२०८१ असार ७ गते बिहिवार

बालकको मृत्यु पछि बुद्ध हस्पिटलमा तनाब


तुलसीपुर, फागुन ३० । घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ ।


जिल्लाको राजपुर गाउँपालिका–१, पटौली नाकाका ९ वर्षीय सुरेश कुँवरको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।


बालकको मृत्यु पछि बिहान ११ बजेतिर पीडित आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै तोडफोडको प्रयास गरेका थिए । प्रहरीलाई खबर हुनसाथा प्रहरी पुगेर सुरक्षागर्दै आएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

एक आफन्तका अनुसार बालकको घाँटीमा टन्सिल जस्तै समस्या रहेको हुँदा बुधबार बिहान करिब सात बजेतिर बुद्ध हस्पिटल पु¥याएका थिए । सामान्ने अवस्थाका बालक हिडेरै हस्पिटल पुगेका थिए ।


त्यहाँका चिकित्सकले बालकको घाँटीमा पिप जमेको भन्दै सुईले त्यो तानेर उपचार गर्ने आफन्तलाई बताएका थ्एि ।
तर, एकै छिनमा बालकको नाक र मुखबाट अत्यधिक रक्तश्राब भएपछि उपचारमा संलग्न चिकित्सक आइसियु सेवा भएको घोराहीकै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठनमा लैजान आग्रह गरेका थिए ।

अत्यधिक रक्तश्राब भइ रहेको बच्चालाई कसरी बाहिर लैजान नसकिने कुरा आफन्तले गरेपछि चिकित्सले फेरि उपचार थालेका थिए । सोही क्रममा बालकको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मल्लले अहिले उत्पन्न समस्या समाधानका लागि बार्ताको तयारी भइ रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *