२०८१ असार ९ गते शनिवार

श्रेष्ठ दोस्रो कार्यकालका लागि ट्रक समितिको नेतृत्वको दौडमा


लमही , फागुन २८। राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघको २१ औं बार्षिक साधारण सभा तथा १४ औँ अधिवेशन सोमबारदेखि घोराहीमा सुरु हुँदैछ ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ फेरि सघंमा दोहरिने चाहाना राखेका छन् ।

संघको घोराहीस्थित मुख्य कार्यालयमा समितिको साधारणसभा र अधिवेशन हुने छ ।
अधिवेशन उद्घाटन गर्न ट्रक ब्यबसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ आएका छन् ।

फागुन २८ र २९ गते अधिवेशन चल्ने छ । समितिमा चार सय गाडीहरु दर्ता रहेका छन् ।

श्रेष्ठ नेतृत्व प्यानलका उम्मेदवार

अध्यक्ष – रत्नप्रसाद श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष – टेक बहादुर डाँगी (तिलक)
उपाध्यक्ष – रेश्मीराज खडका
उपाध्यक्ष – सुरेश सुवेदी
उपाध्यक्ष – भुमिस्वर गिरी (कपुरकोटे कान्छा)
प्रसासनिक सचिब – हेमन्तकुमार रेग्मी
कल्याणकारी सचिव – इस्वरीप्रसाद पाण्डे
कोषाध्यक्ष – मनोज बस्नेत
सह–प्रसासनिक सचिव – किरणबिक्रम शाह
सह– कल्याणकारी सह–सचीव – बिरेन्द्र न्यौपाने
सह–कोषाध्यक्ष – राजु गौतम रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भोला बहादुर डिसी, सुरेन्द्रराज भण्डारी, मेगजंग थापा क्षेत्री,कमल बुढाथोकी,घमण्डबहादुर चन्द, खडगबहादुर रेउले, सुनिल राई , कृष्णबहादुर बस्नेत , हरिप्रसाद डाँगी , हरिबहादुर पुन , नारायण घर्ती, प्रेमलाल चौधरी, महिला सदस्यमा लक्ष्मी कुमारी चौधरी छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *