२०८३ बैशाख १४ गते सोमवार

लुम्बिनीमा मन्त्री बर्खास्तपछि माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता


दाङ,फागुन २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादी केन्द्रबाट बनेका दुइ जना मन्त्रीलाई बर्खास्त गरेपछि माअाेवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ ।

लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरी नेतृत्वमा रहेकाे सरकारबाट समर्थन फिर्ता लिदै माओवादी सरकारबाट बाहिरिएको हाे ।

बैशाख १४ गते डिल्लीबहादुर चाैधरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । माओवादी केन्द्रलगायत ८ राजनितीक दलकाे समर्थनमा सरकार बनेकाे थियाे ।

केन्द्रीय राजनितीमा आएकाे फेरबदलका कारण लुम्बिनीमा पनि एमाले-माअाेवदी लगायत दलकाे सरकार बनाउन गृहकार्य सुरु भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *