२०८१ चैत्र १४ गते बिहिवार

कोमल वली, चक्र बम र गोबिन्द मधुर आचार्यको प्रस्तुतीमा तुलसीपुरमा झुमे दर्शक

तुलसीपुर, फागुन ७ । तुलसीपुर महोत्सवमा आइतबार दर्शक चर्चित कलाकारका साथ रमाए ।


चर्चित लोकदोहरी गायिका कोमल वली, गायक चक्र बम र गोबिन्द मधुर आचार्यको प्रस्तुतीमा तुलसीपुर महोत्सवमा आएका सर्वसाधारण दर्शक झुमेका थिए ।


तुलसीपुरकी चेली कोमल वलीले ‘तुलसीपुरमा मै जाँदा खेरी हजुर भेटे मैले गजबको तन्नेरी, उस्ले हे¥यो मज्जाले, उस्ले भन्यो ए नानी गाजले म त मरे लाजै ले’, बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा, माया बस्यो मुटुमा मायाको मिठास छुट्टै’ बोलेको गीत प्रस्तु गर्दा सर्वसाधारण दर्शक निकै रमाएका थिए ।


त्यसअघि सुदुर पश्चिमका चर्चित गायक चक्र बमले ‘ लाल कुर्ती, पहाडिया बिग्रियो जाँडको झोलमा,नजर लगानी ओई काजल लगाएतका गीत प्रस्तुत गर्दा दर्शक झुमेका थिए ।


त्यस्तै दंगाली गायक गोबिन्द मधुर आयार्यको प्रस्तुतीमा दर्शक निकै रमाएका थिए ।
गोबिन्द मधुर आचार्यले ‘ एक दिन उज्यालो छाउला मेरो पनि दिन आउला, म मरेको छैन अझैं म मरेको छैन,’ भन्ने बोलको गीत गाउँदा दर्शक निकै रमाएका थिए ।


जाँउला कान्छी जलजला र सुनछहरी घुम्न, साह्रै रहर लाग्यो मलाई तिम्रैै गाला चुम्न,’ बोलको गीत प्रस्तुत गर्दा दर्शक निकै झुमेका थिए ।


तुलसीपुरमा माघ २४ गतेदेखि फागुन ८ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य संघले ब्यापारिक महोत्सव आयोजना गरेको छ ।


तुलसीपुर महोत्सवमा दिनानुदिन रौनक थपिदै गएको छ । दर्शकको उत्साहका कारण मेला केही थप्ने तयारी भइ रहेको मेला आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *