
तुलसीपुर,माघ २० ।तुलसीपुरमा संचालित महायज्ञमा पाँच करोड बढी दान संकनल भएको आयोजकले जानकारी दिएको छ । शनिबार मेला समापनका अबशरमा पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिइएको हो ।
मानव सेवा आश्रमले तुलसीपुर उपमहानगरपालिका – ४ र ७ मा पर्ने हलवारमा निर्माण गर्न (मानव स्मारक) मानव आश्रमका लागि सञ्चालन गरिएको महायज्ञबाट समापनको दिन शनिबार नगद ५३ लाख ९ हजार ८ सय २२ र प्रतिबद्धता ३५ लाख ६ हजार ५ सय ७१ रुपैया समेत गरि ८८ लाख १६ हजार ३ सय ९३ रुपैया नगद तथा प्रतिबद्धता समेत गरि संकलन भएको छ ।
गत माघ १३ गतेदेखि २० गते शनिबार सम्म तुलसीपुरको अरणीको मैदानमा सञ्चालन गरिएको महायज्ञबाट नगद तथा प्रतिबद्धता समेत गरि ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया संकलन भएको हो । ५ करोड रुपैया संकलन गर्ने लक्ष्यका साथ नगद र संस्थागत प्रतिबद्धताबाट लक्ष्य पुरा भएको मुल आयोजक समितिले जानकारी दिएको छ ।
शैक्षिक अभियान्ता टीकाबहादुर जिसी र सुरेन्द्र जिसीबाट १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गरे । बार्षिक १ लाख ११ हजार रुपैंया मानव सेवा आश्रम सञ्चाल नार्थ दिने प्रतिबद्धता जिसीले घोषणा गरे । महायज्ञ अबधिभर ब्यक्तिगत रुपमा सबै भन्दा बढि नगद दान गर्नेमा जिसी परिवार रह्यो ।

लक्ष्य अनुरुप महायज्ञबाट रकम संकलन भएपछि अवको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने आयोजक ढुक्क प्राय छन् ।
महायज्ञको समापन महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा भएको हो ।
मेयर खड्काले मानवताको रक्षाका लागि गरिएको महायज्ञले नाना, खाना र छाना बनाउने अठोटका साथ उत्प्रेणा पूर्वक सम्पन्न भएको भन्दै खुशी ब्यक्त गरेका थिए ।
कथा वाचक कमलनयन आचार्यले जाँड रक्सीलाई टाढा राख्दै आफना अबगुणहरुलाई यस यज्ञबाट त्याग गर्न आग्रह गरे ।
तुलसीपुर – ७ का अध्यक्ष रामबहादुर जिसी, वडा नम्वर १९ का अध्यक्ष प्रेम योगीले पनि मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य सल्लाहकार चिरिञ्जिबी रिजालले गरेका थिए भने. धन्यबाद ज्ञापन दाता पहिचान उपसमितिका संयोजक सुरेश हमाल र सहजिकरण सदस्य सचिव बुद्धप्रकास सिंहले गरेका थिए ।
