दाङ, माघ ११ । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) पक्राउ परेका छन् ।
रुकुम पूर्वबाट खखिएको प्रहरी टोलिले प्रहरीले केन्द्रको आदेशमा चारदिन पहिले मार्शललाई काठमाडौंबाट पक्राउ गरेको हो । तत्कालिन नेकपा माओबादीका पूर्वकमान्डर समेत रहका मार्शललाई पक्राउ पछि डिल्लीबजार कारागारमा राखिएको छ ।
मार्शल बिरुद्ध भूमिगत रहेको समयमा २०५३ मा चरेश ओसारपसार गरेको अभियोगमा दाङ प्रहरी मार्फत मुद्दा चलेको थियो ।
सो मुद्दा उपचर सुनुवाई गर्दै दाङ जिल्ला अदालतले २०७२ सालमा मार्शललाई दोषी ठहर गर्दै साढे दूई बर्ष कैद र २० हजार रुपैंया आर्थिक जरिवानाको फैसला सुनाएको थियो । हालसम्म फरारको सूचिमा रहँदै आएका मार्शललाई फैसला कार्यन्वयनका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
मार्शल २०७४ मा रुकुम पूर्वबाट नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवार बनेपनि पराजित भएका थिए ।