दाङ, माघ ९ । दाङको बबई गाउँपालिकामा डीप ट्युबेल निर्माण गर्नस्थलगत अवलाकन गरिएको छ ।
भूमिगत,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो ।
पाँच बर्ष अघि ट्युवेल निर्माण सुरु गरिएको भएपनि हालसम्म काम हुन सकेको थिएन ।
अर्थमन्त्री धनबहादुर मास्कीको निर्देशनमा टोली पुगेर स्थलगत निरीक्षण गरेको हो । महामारीका रुपमा फैलिएको कोरोना भाइरस पछि डिपवेल निर्माणको काम रोकिदै आएको थियो ।
बबई गाउँपालिका वडा नं. ४ को मास्की टोल, बुद्धनगर टोल, वडा नं. ५ को बर्खेगोठरी टोलमा ट्युबेल निर्माण भइ सिंचाई सुबिधा पुग्ने आशा पलाएको छ ।
त्यसका लागि प्रदेश सरकारले ३० लाख बजेट बिनियोजन गरेको छ ।
प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार