२०८२ जेष्ठ ३० गते शुक्रवार

दाङमा ५ बर्षमा लागूऔषध दुव्र्यसनको मुद्धामा ४ सय बढी पक्राउ

दाङ,माघ ५ । दाङमा लागूऔषध दुव्र्यसनको मुद्धामा चार सय बढी पक्राउ परेका छन् । प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा जिल्लामा लागूऔषधसहित ४ सय ४४ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा लागूऔषध सम्बन्धि दुईसय १५ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ३४ मुद्दा दर्ता हुँदा ७३ जना, आर्थिक वर्ष २०७७/०७८ मा ३९ मुद्दा दर्ता हुँदा ७५ जना पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ५९ मुद्दा दर्ता हुँदा १ सय १६ जना, आर्थिक वर्ष २०७९/०८० मा ५९ मुद्दा दर्ता हुँदा १ सय ३२ जना र चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म २४ मुद्दा दर्ता हुँदा ४८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बडहरा, बगाले, वडा नम्बर १४ को बसपार्क, वडा नम्बर १८ को फुर्सेखाली र गिठेपानीमा सबै भन्दा धेरै लागूऔषध दुव्र्यसन हुने गरेको तथ्याङ निकालेको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को बसपार्क, रानीजरुवा, वडा नम्बर ८ को दोगरे, वडा नम्बर १३ को शितलपुर क्षेत्रमा बढि लागूऔषधको कारोबार हुने गरेको छ ।

यसैगरी लमही नगरपालिकाको बसपार्क आसपास, भालुबाङको सिसहनिया र बजार क्षेत्रमा लागूऔषध दुव्र्यसनी धेरै पाइएको उनले बताए।

समाजमा लागूऔषध दुव्र्यसन भित्राभित्रै फैलिरहेको नयाँ पाइला सुधार केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए ।

बालबालिकालाई लागूऔषध दुव्र्यसनको कुलतबाट बचाउन सबैभन्दा बढी भूमिका घरपरिवारको रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *