२०८० फाल्गुन १२ गते शनिवार

लमही महोत्सवको तयारी तिब्र


देउखुरी, पुस २९ ।लमहीको चेम्बर अफ कमर्सले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० संचालन गर्ने भनिएको महोत्सवको तयारी तिब्रताका साथ तयारी भईरहेको आयोजकले जनाएको ।

माघ ५ गतेदेखि सुरु हुने महोत्सव १७ गते सम्पन्न हुनेछ । लमही र देउखुरीको मौलिकता तथा तथा सांस्कृतिक जगेर्ना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीन पार्कको प्रवद्धा गर्ने मुख्य उद्देश्यले चेम्बर अफ कमर्स लमहीले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को आयोजना गर्न थालिएको अध्यक्ष सितल भुषालले जानकारी दिए ।


उक्त महोत्सवमा फेस्टिभल मुख्य आकर्षणका रुपमा रहेका छन् । त्यस्तै, शारिरीक सुगठन प्रतियोगिता, तस्बिर तथा चित्रकला प्रदर्शनी आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवलाई हरेक दृष्टिकोणले भव्य तथा लमहीलाई माया गर्ने देश–विदेश जहाँसुकै रहेका सबैको आफ्नै साझा महोत्सव बनाउने आफ्नो पर्यत्न रहेको अध्यक्ष भुषालले बताए ।

महोत्सवमा एकसय सयभन्दा बढी स्टलहरु राखिने चेम्बर अफ कमर्स लमहीका अध्यक्ष सितल भुषालले जानकारी दिए । उनका अनुसार देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिने छ ।


महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्थरका कलाकारहरुको सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनोरन्जनात्मक बस्तु राखिने छ । महोत्वस अवधिभर करिब एकलाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ । महोत्सवमा कृषि स्टललाई विशेष प्राथमिकता दिइएको छ ।

जेष्ठ नागरिकको कार्ड भए निशुल्क, विद्यार्थीको हकमा ८० रूपैयाँ, प्रवेश शुल्क एकसय रूपैयाँ कायम गरिएको छ । सरोकार राख्ने र महोत्सवसँग जोडिएका बिषयमा छलफल तथा तयारी थालिएको हो ।।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *