२०७७ कार्तिक १५ गते शनिवार

अनुगमनमा फेला पर्यो विपत व्यवस्थापनमा त्रुटि


दाङ ,जेठ ८ । जिल्ला अनुगमन तथा समन्वय समितिले नदी विपत व्यवस्थापनको कामको अनुगमन गरेको छ । लमही नगरपालिकाको ६ का बलरामपुर क्षेत्र र कश्यपुर क्षेत्रमा नदी व्यवस्थापनको काम भैराखको छ । अनुगमन टोलीले विपत व्यवस्थापनका केही त्रृटी समेत फेला पारेको छ । मापदण्ड भन्दा बढि गहिराई र चौडाइ गरेको हुदा तत्तकाल सुर्धान निर्देशन दिने काम गरेको समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वताए । ‘विपत व्यवस्थापन अन्तर्गतको काममा केही कम्जोरी फेला परेका छन ।

त्यसलाई सुधार्न ठेकदारलाई निर्देशन दिएका छौ’ संयोजक नेपालीले भने ‘ सुधार नभए काम रोकिने छ ।’ राप्ती नदीलाई न्यानलाइज गर्नको लागि यो वर्ष विपतको काम भैराखेको छ । गत वर्षपनि राप्ती नदीमा विपत व्यवस्थापनको काम भएको थियो । राप्ती नदीमा विपत व्यवस्थापनको काम पुरा भएमा जग्गा कटान रोकिने र धेरै जग्गा सुरक्षित हुने भएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको सहमतिमा लमही नगरपालिकाले त्यो क्षेत्रमा काम गरिराखेको छ । विपत व्यवस्थानबाट नगरपालिकामा लाखौको राजश्व समेत संकलन भएको छ ।

अनुगमनमा समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, लमही नगरपालिका उपप्रमुख देवका वेल्वासे, समितिका सदस्य सचिव तथा जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्ण प्रसाद गौतम, इलाका प्रहरी कार्यालयका प्रहरी नावय निरिक्षक अरुण सिह, डिभिजन वन कार्यालय लमहीमा शंकर प्रसाद गुप्ता, जिल्ला समन्वय समितिका सदस्यहरु जक्तबहादुर बस्नेत, सावित्रा रिजाल, देविलाल चौधरी, प्राविधिक कर्मचारी र पत्रकारहरुको सहभागिता थियो । यसविच अनुगमन समितिले जिल्लामा सञ्चालन भएको क्रसर उद्योगको समेत अनुगमन थालेको छ । केही दिन अघिदेखि क्रसर उद्योगको अनुगमन थालेको हो ।

बुधवारसम्म ८ वटा क्रसर उद्योगको अनुगमन गरिसकेको छ । जिल्लामा झण्डै ४० वटा क्रसर उद्योग सञ्चालनमा छन् । क्रसर उद्योग सञ्चालनका मापदण्डमा केन्द्रीत भएर अनुगमन गरेको अनुगमन समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले बताए । अनुगनका क्रममा अधिकास क्रसर उद्योग मापदण्डविपरित नै सञ्चालन भएको फेला परेको समितिले जनाएको छ । ‘समितिले अनुगमन थालेको छौ । जे जस्तो पाउँछौ, त्यही नै प्रदेश सरकार र संघिय सरकारमा प्रतिवेदनमा पठाउ छौ’ पौडेलले भने । गत वर्ष जिल्ला समन्वय समितिले अनुगमन गरेर उद्योगलाई राजश्वको दायरामा ल्याउने काम गरेको थियो ।

सरकारको निर्देशन अनुसार नै जिल्लामा सञ्चालन भएका क्रसर उद्योगको अनुगमन गरेको अुनगमन समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए । केही सयम पहिले संघिय मामिला मन्त्रालयले जिल्लामा सञ्चालन भएको उद्योगको अनुगमन गरेर प्रतिवेदन पठाउन जिल्ला अनुगमन समितिलाई परिपत्र गरेको थियो । त्यही परिपत्रलाई आधार मानेर अनुगमन थालेको समितिले जनाएको छ । प्रदेश न ५ को सासदहरुको टोलीले पनि झण्डै एक साता लगाएर जिल्लामा सञ्चालन भएका क्रसर उद्योगको अनुगमन गरेको थियो । अनुगमनको प्रतिवेदन प्रदेश सरकारले अझै सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *