२०७७ कार्तिक १२ गते बुधवार

दोस्रो उपराष्ट्रपति चिल्डे«न प्रतियोगिताको छनोट खेलहरु सुरु


लक्ष्मण बस्नेत,
दाङ, जेठ ५ । दोस्रो उपराष्ट्रपति चिल्ड्रेन प्रतियोगिता अन्तरगत दाङ जिल्ला स्तरिय छनोट प्रतियोगिता आइतवारदेखि सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तेक्वान्दो, एथ्लेटिक्स र कराँते छनोट प्रतियोगिता २०७६ सुरु भएको हो । दाङ तुलसीपुरको वेल्झुण्डीमा एथ्लेटिक्स, तुलसीपुरमा कराँते र तेक्वान्दोका छनोट खेलहरु सुरु गरिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिए ।

जिल्ला छनोटमा पर्न सफल स्वर्ण पदक जित्ने खेलाडीले प्युठान जिल्लामा यहि जेठ ९ र १० गते हुने ५ नं. प्रदेश स्तरिय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन प्रतियोगितामा सहभागि हुन पाउने छन् । प्रतियोगिताको औपचारिक उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले गरेका हुन । प्रतियोगितामा जिल्लामा स्थापित डोजाङमा प्रशिक्षणरत १४ वर्ष मुनिका कक्षा ८ सम्म अध्ययनरत खेलाडीको सहभागिता छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको महिला तर्फ २९–३२, ३२–३५ र ३५–३८ केजी तौल समुह त्यस्तै पुरुष तर्फ ३२–३५, ३५–३८ र ३८–४१ केजी तौल समुहमा पुम्से र फाइट गरी १ सय ८० खेलाडीका बीच प्रतिस्पर्धा हुनेछ ।

दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको हो । विशिष्ट अतिथि तुलसीपुर वडा नं ६ का अध्यक्ष नवराज लामिछाने थिए । कार्यक्रमलाई नेपाल तेक्वान्दो संघ प्रदेश नं ५ का अध्यक्ष बिमल रिजाल,सचिव बिरु भाई बज्राचार्य, दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य सीता चौधरी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल विकको उपस्थिति थियो ।

दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य सावित्रा गुरुङको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सदस्य टोपेन्द्र थापाले गरेका हुन । उसु खेलको जिल्ला स्तरिय छनोट प्रतियोगिता भने सोमबार हुने भएको छ

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *