२०८२ असार ६ गते शनिवार

ज्ञान ज्योती फाउन्डेसन रनिङ शिल्डको उपाधी अमृत एकेडेमीलाई


लक्ष्मण बस्नेत, तुलसीपुर,मंसिर २९ । ज्ञान ज्योती फाउन्डेसन प्रथम रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी अमृत एकेडेमी तुलसीपुर -१९ ले जितेको छ ।

आदर्श स्मार्ट एकेडेमी तुलसीपुर ६ को आयोजना तथा ज्ञानज्योती फाउन्डेसनको सहकार्यमा संचालित प्रतियोगितामा ३ स्वर्ण,१ रजत र ४ कास्य पदक हात पार्दै अमृत एकेडेमी तुलसीपुर १९ ले उपाधी जितेको हो ।

त्यस्तै ३ स्वर्ण,१ रजत र २ कास्य पदक जितेको पिएनके पाठशाला तुलसीपुर १ ले द्वितिय स्थान हात पार्दा पब्लिक ज्ञान ज्योति तुलसीपुर बम्नै २ स्वर्ण,३ रजत पदक सहित तृतिय भयो ।

तीन दिन संचालित प्रतियोगितामा फाउन्डेसन भित्रका ६ बिधालयको सहभागिता रहेको थियो ।

यसैबिच आयोजक बिधालय आदर्श स्मार्ट एकेडेमी तुलसीपुरका प्रिन्सिपल वसन्त टण्डनको अध्यक्षता तथा दाङ जिल्ला एथलेटिक्स संघका सचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्य एवं ज्ञान दिप कलेज तुलसीपुरका सहायक प्रधानाध्यापक मनोज केसिको विशिष्ट आतिथ्यमा भएको समापन समरोहमा बिजेता बिधालय तथा खेलाडिहरुलाई शिल्ड,मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण बस्नेत,बिशिस्ट अतिथी मनोज केसी लगाएतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन आदर्श स्मार्ट एकेडेमीका शिक्षिका यमुना अधिकारी र खेल संयोजक सुरज वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *