२०८० फाल्गुन २० गते आइतवार

चलचित्र ‘भाविको लेखान्त’ दाङ र राेल्पामा छायांकन हुँदै


तुलसीपुर,मंसिर २२ । नेपाली कथानक चलचित्र ‘भाविको लेखान्त’ दाङ र रोल्पामा छायाँकन हुने भएको छ ।

टेलि चलचित्रको रुपमा रहेको ‘भाविको लेखान्त’ अब ठुलो पर्दाका लागि छायाँकन हुन लागेको निर्देशक लेखान्त भुषालले जानकारी दिए ।

निर्देशक भुषालका अनुशार ठुलो पर्दामा आउन लागेको चलचित्र ‘भाविको लेखान्त’ को दाङ र रोल्पामा छायाँकन गरिन लागिएको हाे ।

चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा निर्देशक भुषालले चलचित्रको कथावस्तुसंगै छायांकनमा गाउँकाे कथावस्तु समेटेर चलचित्रमा नयाँपन आउने बताए ।

त्यस अवसरमा खलनायक मुकुन्द थापाले दाङकै कलाकार लेखान्त भुषालले चलचित्रमा सबै पात्रको महत्वपूणर् भूमिका हुने भन्दै खलनायककै कारण नायकको भूमिका शसक्त देखिएको बताए ।

कुन्जन घिमिरेको लेखन र लेखान्त भुषालको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भाविको लेखान्त’ मा सन्दीप चौधरीको सम्पादन रहेको छ ।

चलचित्रमा लेखान्त भुषाल, मुकुन्द थापा, सुन्दर मायालु लगायतका कलाकार रहेका छन् ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको हाे ।


संघका कोषाध्यक्ष भुपेश वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गरेकी थिइन ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *