२०८२ जेष्ठ ३० गते शुक्रवार

सुनको नयाँ रेकर्ड ः सोमवार तोलाको १ लाख २१ हजार नाघ्यो

काठमाडौं । दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

सोमबार कारोबार भइरहँदा ९११ बजे० सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *