२०८० फाल्गुन २० गते आइतवार

‘हाउस फुल राप्ती शान्ति उद्यान ’


तुलसीपुर, मंसिर १६ । तत्कालिन द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ ।

तुलसीपुर उपमहानगरपालिका – ७ मा रहेको सो राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) को अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ ।

शनिवार शान्ति उद्यान हाउस फुल भएको छ । उद्यानमा यतिबेला आगन्तुकहरुको भिड नै लाग्ने गरेको छ ।

जिल्ला बाहिरबाट पनि पर्यटकहको सङ्ख्या बढ्न थालेको पार्क व्यवस्थापन समितिले जनाएको छ । सनिवार विभिन्न विद्यालय, संघ संस्था, कार्यालय समुहले बनभोजका साथै बन तथा वातावारण मन्त्रालय लुम्विनी प्रदेशका सचिव सहितको टोलीले पार्कको अवलोकन गरेको समितिले जनाएको छ ।

उद्यान अवलोकन तथा यस क्षेत्र आसपासमा वनभोजका लागि दैनिक एक सयदेखि तिनहजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको राप्ती शान्ति उद्यान समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए ।

शनिवार बनभोज खानेहरुको भिडनै लागेको थियो । शनिबार करिव ३ हजार बढीले अवलोकन गरेका थिए ।

त्यस्तै अध्ययन अवलोकनमा आउने पनि त्यतिकै थिए । शान्ति उद्यानमा बनभोजका लागि गराइएका स्टलहरु हाउस फुल हुँदा बाहिर चौरमा बनभोज खानेहरु पनि त्यतिकै थिए ।

पछिल्लो समयमा बालक वृद्ध तथा युवा युवतीहरुको त्यतिकै भिड लाग्ने गरेको छ । ‘राप्ती शान्ति उद्यान अवलोकन गर्न पाउँदा निकै खुुसी लाग्यो राम्रो रहेछ आन्तरिक पर्यटक यमुना केसीले भनिन् ।’
उनले मनोरम र शान्ति उद्यानले मनै लोभ्याएको अभिव्यक्ति दिइन् । उनी संगै यहाँ अध्ययन अवलोनक गर्न आएका बालवालिकाहरुले पनि जिल्लाकै उत्कृष्ट पार्क यहाँ रहेको बताए ।

‘बालबालिकाहरुलाई खेल्ने देखि मनै लोभ्याउने दृष्य रहेछ भनेको सुनेको थियौ अहिले प्रत्यक्ष देयौ – विद्यार्थी आयुष भण्डारीले भने ।’

पार्क व्यवस्थापन समितिले जेष्ठ नागरिक अपाङगलाई निःशुल्क अध्ययन अवलोकन गराउने गरेको छ भने समुहमा अवलोनक गर्नेहरुबाट प्रति व्यक्ति रु ३३ र विद्यार्थीलाई रु ३५ रुपैया लिने गरेको छ व्यक्तिगत भने पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति मंसिर देखि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट ७ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

यसले गर्दा पनि पार्कको विकास र विस्तारका लागि आर्थिक पनि त्यतिकै संकलन हुने गरेको छ ।
अहिले सो पार्कमा धेरैले रोजगारी पनि पाएका छन् ।

त्यस्तै व्यापार व्यवसायीपनि बढेको छ । उद्यान पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर बजार देखि करिव तीन किमी उत्तरमा श्रीगै गाउँदेखि झन्डै डेढ पूर्वमा पर्ने पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्छ ।

पार्कभित्रको पूर्वतर्फ बालबालिकाहरुका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा पौडी पोखरीको निर्माण गरिएको छ । त्यहाँ पनि बालबालिकाहरु रमाइलो गर्ने गरेका छन् । पार्कमा विभिन्न प्रजातिका वनस्पति र बगैँचा पनि छ ।

त्यसैगरी उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर तथा पशुपक्षीहरु राखिएका छन् । पार्कभित्रको मुख्य आकर्षणमा भगवान् गौतम बुद्धको मूर्ति छ ।

मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ । त्यस्तै पानीको फोहरा तथा झरनाहरुपनि छन् ।

यहाँ खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरुलाई आवश्यक पर्ने सामग्री, दाउरा तथा ग्यासको सुविधा छ ।

द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो । पार्क निर्माणकास्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको थियो ।

नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ ।

पछिल्लो समयमा पनि विभिन्न मन्त्रालय व्यक्ति, संस्थाहरुको सहयोगबाट समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल, चिडियाखाना, गौतमबुद्धको मूर्ति, गार्डेन, बाल उद्यानलगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

त्यसैविच लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सचिव सहितको बनको टोलिले सनिवार पार्कको अवलोकन तथा गरेको छ ।

सचिव मोहनराज काफ्ले सहितको टोलिले भेटघाट तथा पार्कको अवलोकन गरेको भण्डारीले जानकारी दिए । सो अवसरमा उनले पार्कले राम्रो आयश्रोत वृद्धि गरेको र रुखविरुवालाई शौदय करण गरेर आयश्रोत वृद्धि गरेको बताएका थिए ।

उनले बनको निति नियम अनुसार पर्यापर्टन संरक्षण गदै अगाडी बढेको बताएका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *