२०८० मङ्सिर २३ गते शनिवार

दाङमा दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप हुने


घोराही, कार्तिक १६ । दाङमा दोश्रो दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप–२०८० घोराहीमा हुने भएको छ ।

दाङ जिल्ला हाप्किडो संघको आयोजनामा आगामी मंसिर ९ र १० गते घोराहीमा च्याम्पियनसिप प्रतियोगिता हुन लागेको च्याम्पियनसिप संयोजक तथा दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष महेश गुरुङले आज घोराहीमा पत्रकार सम्मेलन गराए ।

उनका अनुसार, मंसिर महिना दोस्रो सातामा हुने प्रतियोगितामा जिल्लाभरका ६५ स्कुलका करीव ५ सय खेलाडीहरुको सहभागिता रहनेछ ।

खेलाडीहरुलाई निरन्तर चलायमान बनाउन, खेल हाप्किडो खेलको विकासका लागि च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

च्याम्पियनसिपबाट खेलाडीको क्षमता अभिवृद्धि, हाप्किडो खेलको विकासमा योगदानका साथै दाङ जिल्ला र स्कुलको पहिचान थप बलियो हुने विश्वास लिईएको उनले बताए ।

च्याम्पियनसिपमा फाइटतर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । जस अनुसार २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७०, ७०–७५ र ७५– ८० किलो तौल समूहमा प्रतिस्पर्धा हुनुका साथै डेमोष्ट्रेशनमा पनि टिम प्रतिस्पर्धा हुने बताए ।

दाङ जिल्ला हाप्किडो संघले वार्षिक रुपमा दाङ जिल्ला अन्तर स्कुल हाप्किडो च्याम्पियनसिप गर्दै आएकोमा यो पटकका च्याम्पियनसिप आयोजनाका लागि अनुमानित २९ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

जिल्लामा १२ सय बढी प्रशिक्षार्थी खेलाडी रहेका बताईएको छ । गत वर्ष पनि दाङ जिल्ला हाप्किडो संघको आयोजनामा च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *