२०७७ कार्तिक १२ गते बुधवार

दृष्टि बिहिन विद्यार्थीलाई सहयोग

तुलसीपुर, २४ वैशाख । नेप्लीज ब्रिटिश कम्यूनिटि यू.केले तुलसीपुर–४ स्थीत गुरुजजुर माविका दृष्टि बिहिन विद्यार्थीहरुलाई विभिन्न शैक्षिक तथा भौतिक सामग्रीहरु सहयोग गरेकोछ । दृष्टि विहिन विद्यार्थीहरुलाई चार लाख ५० हजार वरावरका सामग्रीहरु विद्यायलाई मंगलवार हस्तान्तरण गरिएकोहो । तुलसीपुर –५ निवासी पूर्व विद्यार्थी मानबहादुर गुरुङको पहलमा विद्यार्थीहरुको छात्रा वासको लागि १२ सेट पलङ, २४ सेट सिरक डसना, ६ वटा डाइनिङ टेबुल, बेन्च डक्स ६ सेट , खाना खाने भाँडा, कुँडाहरु २४ सेट, इलेक्ट्रीक वाटर फिल्टर र ब्रेलकपि १० हजार हस्तान्तरण गरिएको हो ।

विद्यालयमा रहेका दृष्टि विहिन विद्यार्थीहरुलाई बस्न खान र पढाई लेखाईमा सहज पु¥याउने उद्देश्यले नेप्लीज ब्रिटिश कम्यूनिटि यू.के संग आग्रह गरेपछि सो सामग्री सहयोग आएको गुरुङले बताए । उनले आगमी दिनमा पनि सहयोगको लागि पहल गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्य एव , तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माको विशिष्ट आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग जुटाउन पहल गर्ने गुरुङलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नंं ९ का वडा अध्यक्ष घनस्याम ढकाल, वडा नं ४ का वडा सदस्य डिला परियार, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समाजसेवी कृष्णकुमार गिरी, पूर्व अध्यक्ष सुरेन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका नेता पूर्व विद्यार्थी भरत भण्डारीलगायतले गुरुजजुर मावि नमूना विद्यालय भए संगै विद्यालयमा विभिन्न विकाश भएको भन्दै सवैले विद्यालयमा सहयोग गनुपर्ने बताएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको वारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक प्रमोदकुमार न्यौपानेले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *