
तुलसीपुर, भदौ ४ ।
बिहीबार दिउँसो तुलसीपुरमा बिद्यार्थीले पर्दशन गरेका छन् । उनीहरले बाराको जितपुरसिमरा उपमहानरपालिका–१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको बिरोधमा पर्दशन गरेका हुन ।
त्यो पर्दशनमा ज्ञानज्योति स्कूल लगाएत तुलसीपुरका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थी सहभागी थिए ।
उनीहरुले हत्या गरिएकी बालिका गरिमाको उचित न्यायको माग गरेका थिए । साथै उनीहरुले बलात्कार र हत्यामा संलग्न ब्यक्तिलाई फाँसीको माग गरेका थिए ।
बिद्यार्थीले दिउँसो तुलसीपुर उपमहानगरपालिका – ७ स्थित उच्च अदालत परिशरदेखि सुरु गरेको पर्दशन बजार परिकर्मा गर्दै बीरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।
बाराकी ३ बर्षीया गरिमाको बलात्कार पछि हत्या गरिएको बिषयको चौतर्फी बिरोध हुन थालेको छ । दोषीलाई हदै सम्मको कारबाही र हत्या गरिएकी बालिकाको परिवारलाई उचित न्यायको माग गर्दै देशका बिभन्न जिल्लाहरुका पर्दशनहरु भइ रहेका छन् । बारामा पनि पर्दशन र धर्नाहरु भइ रहेका छन् ।
साउन ३१ गतेदेखि हराइरहेकी गरिमाको शव जितपुर सिमरा – १ भक्तिनगरस्थित वीरबहादुर रोकाको खाली घरको एउटा कोठामा बलात्कर पछि हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिएका थिए ।
बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले जितपुरसिमरा – २ का १६ वर्षीय एक किशोरसहित दुई जनालाई पक्राउ गरि अनुसन्धान गरि रहेको छ । पक्राउ परेका किशोर ना १ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन । जस्ले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाउको छ ।
प्रहरीले सोही म्याजिकका धनी जितपुरसिमरा– १ का २४ बर्षीय प्रोग्रेस चौधरीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा जवरजस्तीकरणीपछि गरिममाको हत्या भएको खुलेको छ । छिमेकीको घरमा खेल्न गएकी गरिमालाई चकलेट किनेर दिने भन्दै सहजाकलले ललाइफकाइ गरी रित्तो घरमा पुर्याएर बलात्कार पछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्ररहीले जनाएको छ ।
गरिमाको शव भेटिएको २ घन्टा पछि उनको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरिएको एसपी कुँवरले बताएका थिए ।

तस्बिर – सागर सुबेदी