२०७७ मङ्सिर १४ गते आइतवार

एकैदिन तुलसीपुरका पाँच घरमा चोरी

दाङको तुलसीपुर बजार क्षेत्रमा एकै दिन पाँच वटा घरमा चोरी भएको छ । मंगलवार राति ती घरमा चोरी भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी केशर वली र पिङकी गुप्ताको घरमा चोरी भएको छ । वलीको घरबाट ३५ हजार नगद र २४ आना सुनको गरगहाना,गुप्ताको घरबाट ४० हजार नगद , ११ आना सुन र केही चाँदीका गरगहना चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

त्यस्तै सोही ठाउँकै तुलसीराम बस्नेतको घरवाट १ तोला १५ आना सुनका गरगहना ,९ हजार नगद र रजौराकै डम्मरबहादुर वलीको घरवाट ११ आना सुनका गरगहना, २० हजार नगद र एउटा मोवाईल चोरी भएको प्रहरीले जानकारी दिएको छ । तर एउटा घरमा ढोका मात्रै फोडेको भएपनि चोरी भने नगरेको पाइएको छ । घरमा कोहि नभएको मौका छोपी ताला फोडेर रातिको सयमा चोरी भएको पाइएको हुँदा त्यसवारे अनुसन्धान र चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *