२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरकी स्वस्तिका बिष्टले विएस्सीमा लुम्बिनी टप गरिन


तुलसीपुर, असोज १७ । तुलसीपुरकी स्वस्तिका बिष्टले विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा छात्रा तर्फबाट लुम्बिनी प्रदेशमै सबै भन्दा बढी नम्बर ल्याउन सफल भएकी छन् ।


तुलसीपुरस्थित ज्ञान दीप कलेजमा अध्यनरत बिष्टले यस लुम्बिनि प्रदेशमा उत्कृष्ट नतिजा ल्याएकी हुन ।

शैक्षिक सत्र २०७९ ÷ २०८० मा भएको विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा ८५ दशमलव ८ प्रतिशत अंक ल्याएर स्वस्तिकाले लुम्बिनीमै प्रथम स्थान हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल सुरेन्द्र जिसीले जानकारी दिए ।


सोही संकायमा अध्ययनरत शतप्रतिशत विद्यार्थीले परीक्षामा उत्कृष्ट नतिजाका साथ उतिर्ण भएको कलेजले दाबी गरेको छ ।

यो कलेजमा विसिए, विएस्सी, विविएस र विए संकायमा अध्यापन गराउदै आएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *