२०७७ माघ ९ गते शुक्रवार

चालकलाई मृगी भएपछि बस दुर्घटना

तस्विर – कुलदिप न्यौंपाने

दाङ, वैशाख १९ । विहीवार बेलुकी पख सौडिकुलामा भएको एउटा बस दुर्घटनाले धेरैको मन तान्यो । सडक लेन छोडेर बस ढुङ्गा थुप्रोमा ठोक्किएर रोकिएको थियो । त्यसरी बस दुर्घटना हुनुको कारण अरु केही नभएर बसका चालकलाई एकाएक मृर्गी हुनुले गर्दा भएको भन्ने खुल्न आएको छ ।

तुलसीपुर बाट घोराही तर्फ लु २ ख १६०२ नम्वरको बस चलाएर जाँदै गरेका चालक यादव नेपालीलाई मृर्गी भएपछि बस दुर्घटनामा परेको स्वास्थ्यकर्मीले बताएका छन् । त्यो बस दुर्घटनामा परि ११ जना यात्रु सामान्ने घाइते भएको घटनास्थलवाट ट्राफिक प्रहरी डिल्लीराज आचार्यले जानकारी दिए । बसमा झन्डै ३० जना जति यात्रु भएपनि ११ जनालाई सामान्ने चोट पटक लागेको ट्राफिक आचार्यले बताए । उनले गाडि धनीलाई बोलाएर चालकलाई उपचार गर्नको लागि पठाइएको जानकारी दिए ।

घोराही उपमहानगरपालिका वडा नं. १० सौडीकुलामा प्रर्गती मेडिकल संचालन गर्दै आएका एकजना स्वास्थ्यकर्मी महेन्द्र रावतपनि उक्त दुर्घटनाको प्रत्यक्षदर्सी मध्यका एक थिए । रावत लगाएका व्यक्तिहरुले नै स्टेरिङ बाट चालकको उद्धार गरेका हुन ।

करिव ५ बजेतिर भएको दुर्घटना पछि स्टेरिङमा घोप्टिएका चालकलाई आफु र परिचालकले निकालेको राउतले जानकारी दिए । बसको स्टेरिङ भित्र चालकको खुट्टा र हात अड्को अवस्थामा आफुहरुले उद्धार गरेको रावतले बताए । आँफुहरुले उद्धार गर्दा चालकको मुखवाट फिँज आएको तथा घाँयार घाँयार गरिरहेको अवस्था रहेको उनले जानकारी दिए । ‘चालकलाई मृर्गी नै भएको थियो। यो अचानक हुने गर्छ,’ रावतले भने ।

स्वास्थ्यकर्मी रावतले छारे रोगका विरामीले सवारी साधन चलाउनु गतल भएको बताए । उनले यस्ता चालकलाई राज्यले सवारी चलाउन वाट प्रतिवन्ध लगाउनु पर्ने धारणा राखे ।

 

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *