२०८१ फाल्गुन ६ गते मङ्गलवार

निसा र गंगाको दर्दनाक कथाबाट हरेक किशोरी शिक्षा लिउन 

तुलसीपुर,असोज ११ । स्कुल पढ्दै गरेकी  निसा १६ वर्षकी थिइन । भागेर गाउँमै विवाह गरेकी थिइन ।

उनको माइती घर र कर्म घर तुलसीपुर उपमहानगरपालिका – १५ पहेलपारमा थियो । निसा भनेर हामीले उनको परिवर्तित नाम राखेका छौं ।

निसा कलिलै उमेरमा कसैको मायामा परिन । अनि आँफुखुसी विवाह गरिन । लगत्तै उनी गर्भवती भइन । बच्चा पेटमा चलबलाउन थालेपछि उनी हुरुक्कै हुन्थिन । गर्भको भ्रुण संग  साउती गर्थिन ।

एआइ जेनेरेटेड फोटो ।

बच्चाको लागि  आमा जस्तो ठूलो संसारमा को छ र ? त्यसमा पनि पहिलो सञ्तान आउँदै थियो । हरेक नारीलाई मेरो  सन्तान कस्तो होला ?भन्ने हुन्छ नै । झनै पहिलो सञ्तानलाई हरेक  नारी आँफु मर्न तयार भएर पनि जन्माउन चाहान्छन् ।

निसाले पनि त्यसै गरिन । पहिलो सञ्तानलाई जसरी पनि यस धर्तीमा उभ्याउने अठोट लिइन ।

बच्चाको बृद्धि विकास हुदैँ जाने क्रममा बीचमा निसामा केही   शारिरीक समस्या देखा नपरेका होइनन् । ती सबैका बाबजुद उनले अठोट गरि सकेकी थिइन ।

आफ्नो पहिलो सञ्तानलाई जन्म दिने उत्सुकता र कौतुहुलता जो थियो । उनको पेटमा सात महिलाको बच्चा खुबै लुडीबुडी गरि रहन्थ्यो । चलिरहन्थ्यो । उनी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुगिन ।
अस्पतालले उनको र बञ्चाको अवस्था चेकजाँच गर्दा केही अप्ठेरो देख्यो ।  कोहलपुर मेडिकल कलेजमा रिेफर गरि दियो ।

उनले सात महिनासम्म जतन सुमसुम्याउँदै  पेटमा हुर्काउँदै गरेको बच्चा तुहियो । गर्भको बच्चा खेर जाँदा त्यसको पीडा बोध गर्न सक्ने एउटी आमा भन्दा सायदै संसारमा कोही हुन्छ ।

एकातिर बच्चा खेर गएको पीडा अर्कौ तर्फ अत्यधिक रक्तश्राब । हे भगवान, भन्दै पुकार्नु बाहेक निसा संग अरु कुनै उपाय थिएन । अतेन्त पीडा र अप्ठेरोमा हरेकले पुकार्ने उनै भगवान बाहेक अरु के हुन्छ ?  सबैका भरोसाका पात्र अदृष्य भगवानको नाम जप्दा जप्दै निसा आँफै अचेत बन्न थालिन । निसालाई जति प्रयास गरेपनि चिकित्सकले बचाउन सकेनन् ।

बच्चा र प्राण प्यारी श्रीमति गुमाउँदा ती श्रीमानको अवस्था कस्तो भयो होला ?

अरुपनि छन् यस्ता दुखान्त घटना । तुलसीपुर – १४ की १९ वर्षीया गंगा (नाम परिवर्तन) पनि  विवाहको केही महिना पछि गर्भबति बनिन् । यो प्राकृतिक प्रक्रिया नै हो । गंगाको उर्वर पाठेघरमा उनका श्रीमानको मायाको निशानी हुर्किन थाल्यो ।

त्यसपछि जीवनमै सबै भन्दा धेरै माया  र होरियारी पूवर्क आफ्नो पेटलाई गंगाले रेखदेख गर्न थालेकी थिइन । उनीहरुको प्रेमको नासो दिन प्रतिदिन ठूलो हुँदै चलमलाउँदा गंगा भित्र प्रेमका अथाह गंगा प्रवाहित हुनु स्वभाविक थियो । 


आफ्नो पेटमा हुर्कि रहेको  बच्चाको स्वरुप परिकल्पनामा उनले नौं महिनामा  घन्टौं बिताएकी थिइन । उस्लाई सकुशल जन्मदिनु उनको पहिलो कतब्र्य हो भन्ने बुझेकी थिइन । त्यसपछि जीवनको लामो अध्याय कल्पिन्थिन । आहा कति सुन्दर संसार होला … बस यस्तै यस्तै ।

त्यो दिनपनि आइ पुग्यो । बच्चालाई जन्मदिन र स्वागत गर्न लालायित थिइन । यही  मनस्थितिमा गंगा मात्रै हैन उनका घर परिवार नाता गोता सबै थिए । तर, उनले पेटमा पाल्दै र निकै जतनसाथ हुकाउँदै आएको बच्चाको  तौल जन्मदै कम थियो । र्दुभाग्य, आफ्नो मातृत्व खन्लाउन नपाउँदै चिकित्सले उनको बच्चा लगि हाले । आइसियूमा राख्न ।  त्यो बच्चा गंगाले केही बेरमै गुमाउनु पर्दा संसार अँध्यारो देखिन । आँखाबाट पीडाका गंगाहरु बगे । गंगा आँफै रगतको आहालमा थिइन । उनलाई त्यसको बेप्रहा थियो । उच्च रक्तश्रावकै र प्रेसर रोकिएन । गंगाको पनि केही बेरमै परान पखेरु उड्यो ।

आफन्त र घर परिवार पीडाको गहिरो आहालमा फसे जस्तै बने । यि केही उदाहरण मात्रै हुन ।

किशोराअवस्थामा बिबाह बन्धनमा बाँधिने धेरैले यस्ता दर्दनाक कथाहरु बेहोर्नु पर्ने हुन सक्छ । त्यसैले सरकारले पनि बिहेवारी बिस पारी भन्ने सन्देश प्रवाहलाई ब्यबहारिक बनाउन चाहेको हो । त्यो भन्दा कम उमेरको बिहेलाई नेपालमा कानुनी मान्नेता छैन ।

उमेर नपुग्दै बिहे गर्ने किशोरी आमाहरुको यौन तथा प्रजनन अंग पूर्ण रुपमा बिकास भइ सकेको हुँदैन । त्यसैले आमा वा बच्चाको ज्यान जोखिममा पर्ने खतरा रहन्छ ।

कलिलै उमेरको माया प्रेम आँफैलाई गलपासो बन्न सक्छ । खेल्ने पढ्ने रमाउने उमेरमा बिहेले मृत्युको मुखमा पु¥याउने जोखिम रहन्छ ।

तुलसीपुर उपमहानगरपालिकाले २०७६ सालमा मातृ शिशु मृत्युदर शून्यमा झारेको दाबी गर्दै आएको भएपनि सानो उमेरमा गरिने बिवाह त्यस्को बाधक बन्दै आएको सरोकारवालाहरु बताउँछन् ।

बिगतमा भन्दा तुलसीपुरमा मातृ–शिशु मृत्युदर घट्दै गएको अवश्य छ । तर, माथिका यी दुई घटनालाई उदाहरणका रुपमा ग्रहण गर्दै हरेक किशोरीे पाठ सिक्न जरुरी छ ।

तुलसीपरमा वितेको ३ वर्षमा २१ जना किशोरीले उमेर नपुग्दै बिहे गरेको पाइएको छ । उमेर नपुग्दै गर्भबती बन्दा  ती मध्य केही आँफै र केहीले  शिशु गुमाएका दुखान्त घटनाहरु छन् ।

गर्भबती हुँदा  र भइ सकेपछि मृत्यु वरण गर्नेहरुमा  १६ वर्ष उमेर समुहका किशोरीदेखि ५३ वर्षसम्मका महिलाहरु रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ६ जना, ०७८÷०७९ मा ८ जना र गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना आमा र शिशुको यस्तै कारणहरुले गर्दा मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म उपमहानगरपालिका भित्रका १० जना गर्भवती महिलाहरुले डेंगी,ज्वरो,सर्पको टोकाई,हत्या लगाएत विभिन्न कारणले ज्यान गुमाएको उपमहानगरपालिकाकी जनस्वास्थ्य प्रवद्र्धन शाखाका पब्लिक हेल्थ नर्स राधिका गौतमले तथ्याङ्क देखाइन ।

वितेको ३ वर्षमा ४० जना शिशुको जन्मेपछि मृत्यु भएको गौतमले जानकारी दिइन । जन्मदा तौल कम भएकाहरु र निसास्सिएका बच्चाको बढी  मृत्यु हुने उनले औंल्याइन ।

मातृ शिशु मृत्युदर रोकथामका लागि उपमहानगरपालिकाले गत जेठ महिनादेखि मातृ मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, त्यो सोचे जति प्रभावकारी बनिरहेको छैन ।

अझै पनि ग्रामिण क्षेत्रका महिला तथा किशोरीहरु गर्भअवस्थामा नियमित चेक जाँचका लागि अस्पतालसम्म नजानुु, थाइराइड, सुगर, प्रेसर, कम उमेरमा बिबाह जस्ता विभिन्न कारण  मातृ र शिशु मृत्यु दर सोचे अनुरुप शून्यमा झार्न कठिन भइरहेको  जनस्वास्थ्य निरीक्षक बिमल केसीको बुझाइ छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *