
तुलसीपुर, बैशाख ९ ।
पश्चिम दाङको एक जंगलमा मानव कंकाल फेला परेको छ ।
बबई गाउँपालिका – ६ स्थित चिसापानी सामुदायिक वनमा सोमबार मानव कंकाल फेला परेको थियो ।
त्यो कंकाल कस्को हो भनेर खुली सकेको छैन । चिकित्सकलले करिब ३ देखि ६ महिना पहिले ती मानिसको मृत्यु भएको हुनुपर्ने अनुमान गरेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले सामुदायिक वनको चिरोमा फेला परेको कंकाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको बताए । अस्पताललाई डिएनए परीक्षण गरिदिन आग्रह गरिएको डिएस्पी बोहराले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीका मृतकले निलो रंगको ट्रयाकसुट लगाएको र त्यसमा ‘मेड इन नेपाल, लक्ष्मी साइज ४२’ लेखेको स्टिकर समेत रहेको जानकारी दिए ।
प्रहरीले कुनै ब्यक्ति सम्पर्क बिहिन रहेको भए सम्पर्क आउन आग्रह गरेको छ ।