२०८३ साउन २६ गते मङ्गलवार

जिप दुर्घटनामा दुई जना सरकारी कर्मचारीको मृत्यु

घाइते ३ जनालाई आर्मीको हेलिकोप्टरले धनगढी लग्यो


दाङ, चैत १७ । दार्चुलामा भएको जिप दुर्घटनामा परि दुई जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।

जिप दुर्घटनामा परि मालिकार्जुन गाउँपालिका –७ का ३५ वर्षीया मनिसा पाल र शैल्यशिखरा नगरपालिका –१ का ४५ वर्षका भरत तितराको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीको मुत्यु भएको जानकारी दिए ।


मृतक मध्य पाल जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दार्चुलामा अधिकृत छैटौ (अधिकृत इन्जिनियरिङ) पदमा कार्यरत थिइन भने तितरा सहायक पाचौँ (सिनियर एशोसियसन अग्रनाइजेशन अफिसर) रहेको खुल्न आएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।


थप तीन जना घाइते छन् ।
घाइतेलाई दिउँसो ३ बजेतिर नेपाली सेनाको हेलिकोप्टरले धनगढीस्थित माया मेट्रो हस्पिटलमा पुर्‍याएको छ ।


दुर्घटनामा घाइते मध्य जिप चालक शैल्यशिखर – ४ का २१ बर्षीय प्रकाश ठगुन्ना, स्थानीय ५० बर्षीय अकबर महरा र सिंचाइ कार्यालयमै कार्यरत कार्यालय सहयोगी डाँडाकोट गाउँपालिका – ५ का ४५ बर्षीय निमबहादुर पाललाई गोकुलेश्वर अस्पतालको उपचार पछि थप उपचारका लागि धनगडी रिफर गरिएको छ ।


उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले दिउँसो तीन बजेतिर दार्चुलाबाट धनगढीस्थित माया मेट्रो अस्पतालका लागि लगेर गएको जिल्ला प्रहरी प्रबक्ता बुढाथोकीले जानकारी दिए ।

मंगलबार बिहान ९ बजेतिर काडापारी साइड भिजिटमा निस्किएका उनीहरु सवार सुपप्र ०१–००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको थियो ।


जिप शैल्यशिखर –४ ओशिल अन्र्तगतको भित्री सडक खण्डमा करिब डेढ सय मिटर मुनी खसेको अवस्थामा फेला परेको दार्चुलाका प्रहरी प्रबक्ता बुढाथोकीले बताए ।


अचेत अवस्थाका घाइते मध्य दुई जनालाई गोकुलेश्वर अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिपमा कुल ६ जना सवार रहेकोमा एक जना भने सकुशल रहेका छन् । सुपप्र ०१–००१ ज १६४१ नम्बरको जिप धनिका छोरा २५ बर्षीय बिक्रम महर भने बिना उपचार घर फर्किएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।


जिप दुर्घटना हुने क्रममा ढोका खुलेपछि उनी सोही ढोका बाट माथि नै लड्न पुगी भाग्यले जोगिएका थिए ।
चालकले ढुँगा जोगाउन थोरै सडकको किनार (साइड) च्याप्दा सडक भासिएर जिप खसेको सकुशल अवस्थाका महरले प्रहरी समक्ष बयान गरेका छन् ।


मृतक दुई जनाको शब पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *