दाङको भालुवाङमा १९ दिन पहिले मृत भेटिएका व्यक्तिको मंगलवार पहिचान भएको छ । मृतक प्यूठानको झिमरुक गाउँपालिका वडा नं. २ बादीकोट घर भइ हाल नबलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १ पुर्नबासमा बस्दै आएका ४० बर्षीय शिबबहादुर रोका रहेको प्रहरीले जानकारी दिएको छ । असोज २७ गते भालुबाङ स्थित राप्ती नदीको तटबन्धमा फेला परेको थियो ।
मृतक शिवबहादुर भाई चेतबहादुर रोकाले १९ दिन पछि पहिचान गरेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख एवं प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए । उनको हत्याको आशंकामा प्रहरीले शव पोष्ट मार्टमको लागि काठमान्डौं पठाएको थियो ।
पोष्टमार्टम रिपोर्ट र ल्याब टेस्टको रिपोर्ट प्राप्त भएपछि मात्रै शिवबहादुरको मृत्युको कारण पत्ता लाग्ने प्रहरी प्रमुख पाण्डेले बताए । नदीको तटवन्धमा मृत अवस्थामा फेला परेका शिवबहादुरले पछिल्लो समय बर्दघाटमा अटो चलाउँदै आएको भन्ने जानकारी परिवार जनले दिएको प्रहरीले बताएको छ ।