२०८१ बैशाख ८ गते शनिवार

चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

चितवन, वैशाख १७ । चितवनको भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो । रासस

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *