२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमा एक जना बृद्धाको कुटपिट गरि हत्या

दाङमा एक जना जेष्ट नागरिकको कुटपिट गरि हत्या भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ७३ बर्षीय सुकलाल भण्डारीको सोही ठाउँ निवासी केशरबहादुर केसी र मईमान बस्नेतको कुटपिट बाट मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार तोरी बारीमा कुलोवाट पानी सिंचाई गर्ने विषयलाई लिएर दुई जनाले भण्डारीलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो । भण्डारी गाउँमा सिंचाई कुलोको पानी मिलाउने व्यक्ति हुन । सोमवार बेलुका साढे ६ बजेतिर मदिरा सेवन गरेका बस्नेतले आफुलाई पालो नदिएको भन्दै भण्डारीलाई कुटपिट गर्नुका साथै लछारपछार पार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कुटपिट पछि उनीहरुले झकेलिदिदा भण्डारी कालोपत्रे युक्त सडकमा उत्तानो भएर लड्न पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका आरोपित मध्य बस्नेतलाई प्रहरीले पक्राउ गरि सकेको भएपनि केसी भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न केसी र बस्नेत अन्दाजी ३५ देखि ३७ बर्ष सम्मको रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *