काठमाडौँ ,साउन २८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।
उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए ।
प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए ।
जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार