२०८३ भाद्र १३ गते शनिवार

लायन्स र लियो क्लवद्धारा तुलसीपुरमा रक्तदान

तुलसीपुर,साउन २७ । लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङको संयुक्त आयोजनामा शनिवार तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जिवन दान’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरिएको हो ।


लायन्स क्लव अफ दाङका अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्ड डाक्टर ओम अर्यालले विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै आएका लायन्स र लियो क्लवले आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए ।

‘उनले भने,‘अस्पतालमा दैनिक रुपमा बिरामीहरुलाई धेरै रगतको आवश्यकता पर्छ,रगत नभए कयौँ बिरामीको ज्यान जोखिममा पर्न पनि सक्छ,त्यसैले हामीले रगतलाई कहिल्यै पनि कमी हुन नदिनका लागि निरन्तर यस्ता खालका कार्यलाई सञ्चालन गर्न जरुरी छ । ’


उनले रगत दिदाँ कमजोर हुन्छौ कि भन्ने सोचबाट सबै बाहिर आउनुपर्ने र रगत दिनलाई कन्जुसाई गर्न नहुने बताए ।


कार्यक्रममा तुलसीपुर नगर जेसिजका अध्यक्ष सालिकराम वलि, लियो क्लव अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसी, नेपाल रेडक्रस सोसाइटी दाङका जिल्ला सदस्य भिमलाल मरासिनी,लायन्स क्लव अफ दाङका मेम्बर सिफ चेयर पर्सन नरेसराज भण्डारी,लियो क्लव अफ दाङ तुलसीपुरका संस्थापक उपाध्यक्ष शिव पुन लगाएतले लायन्सको भावलाई आत्मसाथ गर्दै दुर–दराजसम्म पनि क्लव कार्यहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

लायन्स क्लव अफ दाङका सहसचिव गोपाल बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लियो क्लव अफ दाङ तुलसीपुरका उपाध्यक्ष कविता केसीले राष्ट्रिय धोजाको अभिनन्दन गरेकी थिइन ।

उक्त रक्तदान कार्यक्रमको सञ्चालन लियो क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष यमकला भुसालले गरेकी थिइन ।

त्यस अवसरमा भागवत घिमिरे,यमकला भुसाल,मनिसा बिक लगाएतले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *