२०८२ पुष ३० गते बुधवार

छत्रेश्वरीमा शिक्षण सिकाई बडापत्र अनुसार स्थानीय पाठ्यपुस्तकको तयारी

सल्यान, साउन २४ । छत्रेश्वरी गाउँपालिकाले शिक्षण सिकाई वडापत्र लागू गरेको छ । सल्यान जिल्लामै वडापत्र अनुसार शिक्षण सिकाइ लागु गर्ने यो पहिलो पालिका हो ।

कक्षा कोठाको शिक्षण सिकाई क्रिया कलापदेखि समग्र विद्यालय क्षेत्रको शैक्षिक गतिविधि सुधार गर्ने उद्देश्यसहित शिक्षण सिकाई वडापत्र कार्यान्वयनमा ल्याइएको हो ।

छत्रेश्वरीको शिक्षा क्षेत्र योजना अन्तर्गत तयार गरि लागु भएको शिक्षण सिकाई वडा पत्रले शिक्षण सिकाइमा सहजीकरण गर्ने र सबै विद्यालयको पठन पाठनमा एकरुपता आउने गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीको अपेक्षा छ ।

शैक्षिक क्षेत्रको उन्नती र विकासका लागि सबै सरोकारवालासंग समन्वय गर्दै अघि बढ्ने उनको भनाई छ । छत्रेश्वरी गाउँपालिका भित्रका सबै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको छ ।

पालिकाका शिक्षा अधिकृत केशरबहादुर वलीले एकाई योजना र पाठ योजना निर्माण गरी शिक्षण सिकाई सहजिकरण गर्न बडापत्रले शिक्षकलाई महत्वपूर्ण सहयोग पु¥याउने दाबी गरे ।

पालिकाका ३९ वटै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको छ । छत्रेश्वरी गाउँपालिकामा ४० वटा सामुदायीक विद्यालय मध्ये एउटा विद्यालयमा वालविकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ ।

गाउँपालिकाभित्र रहेका कक्षा १ देखि ५ सम्मका एकीकृत शिक्षक तथा कक्षा ६ देखि १० सम्मका विषयगत शिक्षकहरु सहित त्रैमासिक रुपमा शिक्षण सिकाई योजना बनाएर बडापत्र तयार गरिएको शिक्षा अधिकृत वलीले बताए ।

बडापत्र अनुसार पठन पाठन भए नभएको बारे पालिकास्तरबाट नियमित रुपमा अनुगमन हुने उनले बताए ।

छत्रेश्वरीले यो वर्ष स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि निर्माणको तयारी थालेको छ । गत वर्षदेखि कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम लागु भइ सकेको छ ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *