२०८२ माघ २ गते शुक्रवार

डिभाइन टेम्पलका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

तुलसीपुर,साउन १२ । दाङ तुलसीपुर ६ स्थित डिभाइन टेम्पल एकामेडीमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

डिभाइन टेम्पल एकामेडीले शुक्रवार एक कार्यक्रमको आयोजना गरि नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरणसगैं स्वागत तथा सम्मान पनि गरेको छ ।


कार्यक्रममा डिभाइन टेम्पल एकामेडीका प्रिन्सीपल कुलानन्द अधिकारीले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक व्यवस्थापन संकायका (होटेल म्यानेजमेन्ट,कम्प्युटर साइन्स र बिजनेस इस्टडीज) का विद्यार्थीहरुलाई स्कुलको शैक्षिक गतिविधिका बारेमा जानकारी गराउदैं,विभिन्न कलामा आधारित जीवनोउपयोगी सीप,क्षमता अभिबृद्धीसगैँ भविष्यमा सफल उदाहरणीय व्यक्ती बन्नका लागी अबलम्बन गर्नुपुर्ने कुराहरुको बारेमा प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका शिक्षा,युवा तथा खेलकुद महाशाखाका मन बहादुर खड्काले सिकाईको शैली बदल्नुपर्ने बताए । उनले अहिलेको परिवेशमा घोकन्ते विद्या भन्दा व्यवहारिक तथा प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्ने बताए । साथै उनले नव आगन्तुक विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना समेत दिए ।


डिभाइन टेम्पल एकामेडीका फाउन्डर तथा डाइरेक्टर भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका इसिए कोडिनेटर आकाश सिङ्,एचएम शिक्षक बिजय घिमिरे,कमल पन्थी,लक्ष्य एकाडेमीका प्रिन्सीपल लोकेन्द्र बहादुर खड्का,साधना पाठशालाका प्रिन्सीपल हरि प्रसाद भण्डारी लगाएतले डिभाइन टेम्पल एकाडेमीले दिने शिक्षा प्रभावकारी भएकोले यस तर्फ विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको बताए । उनीहरुले शान्त,सुरक्षित र गुणस्तरीय शिक्षाका लागि पनि डिभाइन टेम्पल उपयुक्त गन्तव्य भएको बताए ।


१५ वर्ष पहिले स्थापना गरि ५० जना विद्यार्थीबाट सुरु गरिएको डिभाइन टेम्पल एकाडेमीमा हाल १५ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विद्यालयलाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित बनाउन विद्यालयका छात्रछात्राहरुले विभिन्न खेलहरुमा भाग लिइ सफलता हासिल गरिसकेका छन ।

साथै हालै मात्र कक्षा १२ मा अध्ययनरत छात्रा राधिका वलिले अन्डर १५ साफ च्याम्पियनसिप भाग लिई सफलता हासिल गर्दै विद्यालयसगैं देशलाई चिनाउन सफल भएको बताए ।


उक्त कार्यक्रमको सहजीकरण विद्यालयका एकाडेमिक कोडिनेटर दिपेन्द्र भट्राईले गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत समेत गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *