२०८१ जेष्ठ ५ गते शनिवार

स्रोत नखुलेको ४८ लाख रकमसहित एक जना पक्राउ

कपिलवस्तु,साउन १० । स्रोत नखुलेको अवैध भारतीय रुपियाँ र नेपाली रुपियाँसहित कपिलवस्तुमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका-१ का ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले रकम सहित पक्राउ गरेको हो ।

आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपियाँ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँच हाजर १२७ रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *