तुलसीपुुर साउन ९ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले प्रकाशनमा ल्याएको हाम्रो तुलसीपुर पाठ्यपुस्तक अब विद्यार्थीहरुको हातहातमा पुग्ने भएको छ ।
हाम्रो तुलसीपुरको नगरप्रमुख टीकाराम खड्काले मंगलबार विमोचन गरेका हुन । कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम गतवर्ष नै तयार पारेको थियो ।
कक्षा चारदेखि आठसम्मका लागि पाठ्यपुस्तक तयार पारिएको हो । कक्षा ४,५,६,७ र ८ कक्षाको पाठ्यपुस्तक विमोचन गरेको हो ।
नगरप्रमुख टीकाराम खड्काले विद्यालयमा पुग्दा शिक्षक र विद्यार्थीबाट पाठ्यपुस्तक माग भएपछि पाठ्यपुस्तक तयार पारिएको बताए।
नगरप्रमुख खड्काले विद्यार्थीहरुलाई स्थानीयताको अपनत्व,परिचय,विषयगत जानकारी प्रदान गर्दै सिकाइ उपलब्धि हासिल गराउनका लागि पाठ्यपुस्तकलाई प्राथमिकतामा राखेर प्रकाशन गरिएको बताए ।
नगरप्रमुख खड्काले स्थानीय पाठ्यक्रममा विद्यार्थीमा नैतिकता,अनुशासन दिलाउनका लागि योग,नैतिक शिक्षाको विषयवस्तु समावेश गरिएको बताए ।
उपप्रमुख स्यानी चौधरीले शिक्षाको सुधार र सिकाई उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यपुस्तकको महत्वपूर्ण भूमिका रहने बताइन ।उनले पाठ्यपुस्तक कार्यान्वयनमा शिक्षक शिक्षिकाको महत्वपूर्ण भूमिका रहने बताइन।
शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्थानीय भाषा,संस्कृति,कला,पर्यापर्यटन,जैविक विविधता,पेशा,व्यवसायलाई समेटिएर पाठ्यपुस्तक तयार पारिएको बताए ।
उनले पाठ्यक्रमबाट मात्रै विद्यार्थीहरुमा सिकाइ उपलब्धि हासिल गराउनका लागि विषयगत जटिलता देखिएपछि पाठ्यपुस्तक तयार पारिएको बताए ।
शाखा प्रमुख भण्डारीले मुद्रण गरिएकाले पाठ्यपुस्तक तत्कालै विद्यार्थीसमक्ष पु¥याइने बताए । उनले आगामी शैक्षिण सत्रमा कक्षा एकदेखि तीनसम्मको पाठ्यपुस्तक प्रकाशन गरिने बताए ।
पाठ्यपुस्तक सम्पादनमण्डलका सदस्य उपप्राध्यापक महेन्द्र भण्डारीले छोटो समयमै पाठ्यपुस्तक तयार पार्दा स्थानीयस्तरमा रहेका सूचनाको प्राप्त गर्न नसक्दा केही त्रुटि रहने भएकाले पाठ्यपुस्तक पढेर सुझाव दिन आग्रह गरे ।
स्थानीय पाठ्यपुस्तक तयार कार्यदलका सदस्य डिल्ली अधिकारीले स्थानीय पाठ्यक्रममै आधारित रहेर पाठ्यपुस्तक तयार पारिएको बताए ।
उनले पाठ्यपुस्तकलाई व्यवहारिक र ज्ञानमुलक बनाउने गरी तयार पारिएको बताए
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयका बारेमा जानकारी शाखा प्रमुख चक्रबहादुर भण्डारीले गराएका थिए भने सञ्चालन मानबहादुर खड्काले गरेका थिए