दाङ, कात्तिक १० । दाङमा एक महिनाको अवधिमा ३८ जुवाडे पक्राउ परेका छन् । उनीहरु बाट झन्डै साढे ८ लाख रकम बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी कृष्णहरी शर्माले तुलसीपुर र घोराहीका ५ वटा जुवामा प्रहरीले छापा मार्दा ३८ जना पक्राउ परेको तथा साढे ८ लाख जति बरामद भएको जानकारी दिए ।
असोज २ गतेदेखि कात्तिक १० गतेसम्म एक महिनाको अवधिमा भएको पाँच वटा कारवाही मध्य जिल्ला प्रहरी कार्यालय दाङले दुई वटा र ईलाका प्रहरी कार्यालय तुलसीपुरले तीन वटा जुवामा छापा मारेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए । त्यो कारवाहीमा घोराही क्षेत्रवाट १९ जना र तुलसीपुर क्षेत्रवाट पनि समान १९ जना जुवाडे पक्राउ परेको भएपनि घोराहीमा तीन लाख दुई हजार सात सय र तुलसीपुर क्षेत्रवाट पाँचलाख उन्तिस हजार सात सय ८५ रुपैंया बरामद भएको प्रवक्ता घर्तीले जानकारी दिए ।
पछिल्लो समय शुक्रवार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ उत्तर कपडादेवीमा लक्ष्मण चौधरीको घर बाट नौं जुवाडेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु वाट ४० हजार १ सय ५५ रुपैंया नगद र तीन गड्डी तास बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । त्यसअघि विहीवारका दिन जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं. ३ भैसकुर्मा स्थित सरद थापाको घरमा छापा मार्दा एक लाख ३५ हजार नगदसहित सात जनालाई पक्राउ गरेको थियो ।