तुलसीपुर,असार १० । दाङ जिल्लाका छ वटा विद्यालयले पाँच–पाँच लाख रुपैँया पुरस्कार पाउन सफल भएका छन् ।
जिल्लाका छ वटा विद्यालयलाई व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य सम्पादन गरेका बापत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले पाँच/पाँच लाख रुपैँया पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार प्राप्त गर्ने तुलसीपुर उपमहानरपालिकाका तीन वटा विद्यालय रहेका छन् । जसमध्य तुलसीपुर ६ स्थित रहेको मावि तुलसीपुर सेन्टर, तुलसीपुर १७ स्थित रहेको दिपेन्द्र मावि मानपुर र तुलसीपुर ४ स्थित रहेको जनश्रम मावि खाद्रेले पाँचरपाँच लाख रुपैँया पुरस्कार पाएका हुन् ।
त्यस्तै घोराही उपमहानगरपालिकाका तीन वटा विद्यालयले पुरस्कार पाएका छन् । पुरस्कार पाउने विद्यालयहरुमा घोराही १८ स्थित रहेको मावि रझेना, घोराही १५ स्थित रहेको पदमोद्यय पब्लिक मावि र घोराही १४ स्थित रहेको बालविकास प्राथमिक विद्यालयले पाँचरपाँच लाख पुरस्कार पाएका छन् ।
जिल्लामा व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुसन्धानका लागि छनोटका आधार २०७९ बमोजिम प्रत्येक निवार्चन क्षेत्रबाट एक विद्यालय र महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप दुई वटा विद्यालय शैक्षिक पुरस्कार परीक्षण केन्द्रबाट भएको कार्य सम्पादन परीक्षणबाट उच्चतम अंक प्राप्त गरेका विद्यालयलाई छनोट गरी उक्त रकमको पुरस्कार स्वरुप प्रदान गरिएको दिपेन्द्र मावि मानपुरका शिक्षक भुपाल आर्चायले बताए ।