तुलसीपुर, असार १० । दाङको तुलसीपुरमा सर्प दंशवाट एक जना १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरी निवासी दिक्षा वलीको सर्प दंशवाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
आफ्नै घरमा सुतिरहेको समयमा पहिचान हुन नसकेको सर्पले वलीलाई दिउँसो २ बजेतिर डसेको थियो ।
उनलाई उपचारका लागि आफन्तले राति नौं बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएका थिए ।
थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएकोमा उपचारका क्रममा आइतबार बिहान तीन बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० असार १० गते आइतवार
