२०८३ जेष्ठ १५ गते शुक्रवार

प्रेस युनियन दाङले ‘पत्रकार हितकोष’ सञ्चालन गर्ने


दाङ, असार ९। नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि तथा विपद्हरु परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले ‘पत्रकार हितकोष’ सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन दाङको शनिवार तुलसीपुरमा बसेको नियमित मासिक बैठकले ‘पत्रकार हितकोष’ संचालन गर्ने निर्णय गरेको हो ।

हितकोषलाई व्यवस्थीत गर्नका लागि कार्यविधि तयार गर्न जिल्ला उपाध्यक्ष गोपाल शर्मा भट्टराईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा महिला उपाध्यक्ष पार्वती बस्नेत र सचिव अमरक्षितिज भण्डारी रहेका छन् ।

त्यसैगरी बैठकले प्रेस युनियन दाङ शाखाको जग्गा प्राप्तीका लागि भूमिका निर्वाह गर्ने लमही नगरपालिका, लमही नगर विकासलगाएत सम्पूर्ण नेपाल प्रेस युनियनका अग्रज व्यक्तित्व तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रेस युनियन दाङका जिल्ला सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् । सचिव भण्डारीका अनुसार प्रेस युनियन दाङ शाखाले लमही नगरपालिका–५ रातोडाडामा भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ ।

उक्त जग्गामा भवन निर्माणका गर्नका लागि प्रदेश तथा स्थानीय सरकारलगायत जिल्लास्थीत सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई सहयोगका लागि आव्हान समेत गरेको छ । बैठकले नेपाल प्रेस युनियन दाङ शाखाको सल्लाहकारमा युनियनका निर्वतमान अध्यक्ष सन्तोष सुवेदीलाई चयन गरेको छ । युनियनको विधान अनुसार सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो । साथै बैठकले आवश्यकताका आधारमा अन्य सल्लाहकार पछि चयन गर्ने निर्णय सचिव भण्डारीले जानकारी दिएका छन् ।

प्रेस युनियन दाङलाई थप व्यवस्थीत र क्रियाशिल बनाउनका लागि क्षेत्रीय समन्वय समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । त्यसका लागि क्षेत्र नं. १ मा उपाध्यक्ष किरणविक्रम शाह, क्षेत्र नम्बर २ मा महिला उपाध्यक्ष पार्वती बस्नेत र क्षेत्र नम्वर ३ मा उपाध्यक्ष गोपाल शर्मा भट्राईलाई संयोजकको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । भेलाका लागि संयोजकहरुलाई मिति तय गर्ने जिम्मेवारी पनि दिएको बैठकपछि सचिव भण्डारीले जानकारी दिएका छन ।

त्यसैगरी बैठकले नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय पार्षद तथा साधारण सदस्य सुवाष न्यौपानेकी धर्मपत्नी उषा न्योपानेको असामहिक निधनप्रति दुःख व्यक्त गर्दे मृतात्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति सम्वेदना प्रकट गर्ने निर्णय गरेको छ । बैठकको सहजीकरण सचिव अमरक्षिति

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *