२०८३ असोज २९ गते बिहिवार

मन्त्री सिंहकाे निधनमा आज सुदूरपश्चिममा शाेक बिदा


धनगढी,असार ६ । सुदूरपश्चिम सरकारले बुधबार शोक बिदा दिने निर्णय गरेको छ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा भएकाे निधनको शोकमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेकाे हो।

मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको प्रहरीले जनाएको छ।

मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार दिउँसो बझाङको केदारस्यूँ गाउँपालिका- १ को देउरामा दुर्घटना भएको थियो।

दुर्घटना पश्चात् गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर अस्पताल लगिएकोमा मन्त्री सिंहको अपराह्न ०५ः ३३ बजे मृत्यु भएको थियो भने अन्य दुई जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

मन्त्री सिंहकाे शव मंगलबार नै हेलिकाेप्टरबाट धनगढी ल्याइएकाे हाे। अहिले ९ बजे श्रद्धाञ्जली लागि मन्त्री सिंहकाे शव धनगढीस्थित खुलामंचमा राखिने प्रदेश सरकारले जनाएकाे छ।

त्यस लगत्तै उनकाे शव गृह जिल्ला बझाङ लगिने र उतै अन्त्यष्टी गरिने भएकाे छ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *