तुलसीपुर,असार ५ । राप्ती राजमार्ग तुलसीपुर –सल्यान सडक खण्ड अन्तर्गत श्रीकुलमा केहि दिन अगााडी एउटा गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गयो । आधा दर्जन बढी यात्रुहरु घाइते भए । त्यसको ठिक एक महिना अघिपनि त्यहिबाट गाडी र मोटरसाइलक खसेका थिए ।
बेला बेलामा सो स्थानमा दुर्घटना हुने गरेको छ । दुर्घटना कुनै बाजा बजााएर सूचना गरेर वा अग्रीम जानकारी गराएर हुने कुरा त होइन विभिन्न कारणले हुने गरेको छ ।
सडक, यातायातका साधन चालक तथा अन्य प्राविधिक कारणले दुर्घटना हुन सक्छ तर सो स्थानमा जिल्ला ट्राफिक कार्यालय दाङले आयोजना गरेको चेकजाँच तथा सचेतना मुलक कार्यक्रमको क्रममा भने यातायातका साधनहरु तथा चालकहरुको धेरै कम्जोरी देखिएको छ ।
यातायात व्यवसायी, मजदुर संगठन, ट्राफिक प्रहरी र सरोकारवालाहरुले शोमवार गरेको चेकजाँचको क्रममा अधिकाम्स सवारी साधनले ट्राफिक नियम पालना नगरेको देखिएको छ ।
गाडी रोक्दा गाडीको ब्रिकले काम नगर्दा ट्राफिक प्रहरीले गाडीको टायरमा ढुङ्गा राखेर गाडी रोकिदा होस वा चालकको अगाडी बाटोनै नदेखिने गरि सिसामा सजाएका बस्तुहरु ट्राफिकले फाल्दा वा अगाडीको सिटमा गाडीको गेयर लगाउन नमिल्ने गरि यात्रु राखेको देख्दा लाथ्यो यातायातका साधनहरुमा कमजोरी र बेतिथि अझै छ ।
सिट क्षमता भन्दा बढी मानिस त्यसमा पनि निर्माण सामाग्रीहरु छतभरि । चेकजाँचका क्रममा यात्रु क्षमता भन्दा बढी यात्रुहरु राख्ने गरेको सिटबेल्ड तथा हेनव्रेकहरु गाडीमा नहरेको तथा अन्य ट्राफिक नियम पनि पालना नगरेको पाएको जिल्ला ट्राफिक प्रमुख किरण प्रकाश मल्ल जानकारी दिए ।
उनका अनुसार पहिलो पटक उनीहरुलाई जरिमाना गर्नुका साथै नियम पालना गर्न गराउन निर्देशन दिएको बताए । उनले चालकहरुलाई दुर्घटना हुनका कारण सवारी साधनको अवस्था लगाएतको विषयमा प्रशिक्षण समेत दिएको बताए ।
‘दुर्घटना न्यूनिकरणका लागि सवैले साथ र सहयोग गर्नु पर्छ पहिलो कुरात ट्राफिक नियम पालना सवैले गर्नु पर्छ उनले भने ।’
पहाडी बाटो त्यसमा पनि क्षमता भन्दा बढी यात्रु तथा सामानहरु हाल्दा दुर्घटनाको जोखीम बढी भएको उनले बताए । ‘आज धेरै गाडीहरुलाई हामीहरुले फकाई दिएका छौ । केहिलाई सुझाव र केहिलाई सामान्य जरीमाना गरेका छौं अव देखि कानुन बमोजिम कडाइका साथ हामीहरुले नियमको लागु गर्ने छोै प्रमुख मल्ले भने । ’
उनले अव आफुहरुले गोठिखोला चेकपोष्टमा कडाइका साथ चेकजाँच गरेर मात्र गाडीहरु आवत जावत गर्न दिने बताए । उनले दुर्घटना रोक्ने दायित्व आफुहरुको मात्र नभएको भन्दै चालक, यात्रु, सरोकारवालाहरु सवैको भएको बताए ।
त्यस्तै चेकजाँचको क्रममा सिट भन्दा धेरै यात्रुहरु राखेको रातो नम्वरपिलेटको गाडीहरुले टिकट काटेर यात्रुहरु बोकेको धेरै जसो सानागाडी चालकहरुले सिटबेल्ड नलगाएको र गाडीमा हेनव्रेक नराखेका जस्ता कुराहरु चेकजााँचको क्रममाापाएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थ भुसालले जानकारी दिए ।
उनले यात्रु बोक्ने गाडीले पनि सामानहरु बोेकेको भन्दै यसले दुर्घटनाको जोखिम बढेकाले उनीहरुलाई सामान ओरालन लगाएको बताए ।
‘१६ सिट क्षमता भएको गाडीमा २२ जना यात्रुहरु छन, अनि गाडीको हेनब्रेक छैन् यसले गर्दा यात्रु तथा स्वयम चालकलाई पनि जोखिम हुन्छ उनले भने ।’ त्यस्तै चालकले हेल्डल घुमाउनै नमिल्ने गरि अगाडीको अगाडीको सिटमा मान्छे हालने गरेको पाएको छ ।
‘अगाडी गेयर लगाउने ठाउँमा महिलाहरु भरिभराउ अनि दुर्घटना नभएर के हुन्छ –एक जना ट्राफिकले भने ।’ त्यस्तै चेकजाँचको क्रममा सवारी चालकले लागुपद्धार्थ सेवन गरेको समेत पाएको थियो ।
उनीहरुको पिसाव चेकजाँच गर्दा सो देखिएको थियो । ‘लागुपद्धार्थ सेवन गरेको ७५ घण्टा सम्मयो किटमा देखाउछ –ट्राफिक प्रहरी प्रमुख भुसालले भने ।
चेकजाँचको क्रममा हेल्मेट राम्रो संग नलगाएको यात्रु बोक्ने गाडीले सामान बोकेको समेत पाएको थियो । त्यस्तै सवारी चलाउदाँ अनिवार्य जुताको प्रयोग गर्ने भनेपनि सो हुन नसकेको पाएको थियो । यसले पनि ब्रेक लगाउदा चपल ब्रेकमा झर्ने समस्या हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले बताए ।
त्यस्तै ट्राफिकले सवारी साधनमा अनावश्यक लेख्नै नमिल्ने कुराहरु लेखिएको र गाडी भित्र अनावश्यक सजावट र नियम विपरीत राखिएका लाइटहरु समेत हटाउन निर्देशन दिनै हटाएको थियो ।
त्यसै विच जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लको नेतृत्वमा गएको टोलिले दुर्घटना स्थल श्रीकुला, राम्री साततले नजिकै सचेतना बोर्ड स्थापना गरेको थियो ।