२०८२ चैत्र १ गते आइतवार

शान्तिनगर १ का सुकुम्वासीलाई ‘सेतो पुर्जा’ वितरण

तुलसीपुर,असार २ । दाङ शान्तिनगर गाउँपालिका वडा नं.१ का भूमिहिन सुकुम्वासीहरुलाई अस्थायी निस्सा‘सेतो पुर्जा’ वितरण गरिएको छ ।

पहिलो चरणमामा वडाका ५ सय ३४ जनालाई सेतोपुर्जा वितरण गरिएको वडाध्यक्ष जंगबहादुर पुनले बताए ।

उनका अनुसार पहिलो चरणमा भूमिहिन सुकुम्वासीहरुलाई सेतो पुर्जा वितरण गरिएको हो ।

“हामीले अतिविपन्न भूमिहिन सुकुम्वासीहरुलाई पहिलो चरणमामा सेता पूर्जा वितरण गरेका हौं”,उनले भने “अब्यबस्थित बसोबास गरेकाहरुलाई पनि ब्यबस्थित बनाउने तयारीमा छौं ।”

अब अमिनले फिल्डमा गएर नापजाँच गर्ने र सोही अनुसार रातोपुर्जा पाउने उनको भनाई छ ।

यो संगै शान्तिनगरमा भूमि सम्बन्धि समस्या समाधानको काम अघि बढेको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

साथै उनले अब सबै वडामा यसरी नै पुर्जा वितरण गर्ने गरि काम अघि बढाएको बताए ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *