२०८३ असोज २९ गते बिहिवार

साढे ४ करोड लागतमा कोल्ड स्टोरको निर्माण कार्य सुरु

आलोक भावुक,गढवा,जेठ ३२ । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ गोबिन्दनगरमा साढे ४ करोड लागतमा कोल्ड स्टोरको निर्माण कार्य सुरु भएको छ ।

गढवा गाउँपालिकामा ठुलो प्रोजेक्टको रुपमा रहेको सित भण्डार निर्माण हुन लागेको हो ।

बिहिबार एक समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिका वडा नम्बर ३ गोबिन्दनगरमा बन्न लागेको कोल्डस्टोरको विधिवत् रुपमा शिलान्यास गरेका हुन् ।

३ सय मेट्रिक टन क्षमता भएको कोल्डस्टोर संघिय सरकारको बिशेष अनुदान लगानीको कुल ४ करोड ६८ लाख २८ हजर २३ रुपैयाँ ७३ पैसा लागतमा निर्माण कार्य सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

निर्माण पछि पालिकाका किसानलाई आलु, फलफूल लगायत कृषि उपज भण्डारन गर्न सहज हुने अध्यक्ष पोख्रेलले जानकारी दिए । कोल्डस्टोरको निर्माणको ठेक्का सि ब्रदर्स कन्स्ट्रक्सन प्रालीले ठेक्का परेको छ।

शिलान्यास समारोहमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडा नम्बर ३का वडाध्यक्ष तुलसीराम अधिकारी, शाखा प्रमुख बिनय कुमार यादव, ३ नम्बर वडाका वडा सदस्यहरु, स्थानीय लगाएतको उपस्थिति रहेको थियो

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *