२०८३ असार २९ गते सोमवार

शान्तिनगरमा काँग्रेसका नेता कार्यकर्ता मिलेर घर्तीको घरमा जस्ता पाता हालिदिए

तुलसीपुर,जेठ ३० । दाङको शान्तिनगरमा जनतासंग नेपाली कांग्रेस कार्यक्रम मंगलबारदेखि सुरु भएकोे छ ।

कांग्रेस शान्तिनगर गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम गाउँपालिका भित्रका सात वटै वडामा सञ्चालन गरिने गाउँपालिका सभापति झलक केसीले फरककोणलाई जानकारी दिए ।

कार्यक्रम अन्तरर्गत पहिलो कार्यक्रम वडा नं। ४ स्थित गब्दुवाका बिपन्न सुखबहादुर घर्तीको घर पुर्नं निमार्ण गरिएको सभापति केसीले बताए ।

घर्तीको घरमा जस्ता पाता किन्नका लागि काँग्रेसले बिभिन्न ब्यक्तिहरु संग स्वच्छिक चन्दा शंकलन गरेको थियो ।
झन्डै ५२ हजार जतिमा टिन खरिद गरि काँग्रेसका नेता कार्यकर्ता आँफैले श्रमदान गरि घर्तीको घरको छाना फेरि दिएका हुन ।

पहिले माटाको खपटाको छाना रहेको घर खपटाहरु फुटेर ठाउँ ठाउँमा चुहिने भइ घर नै जिर्ण अवस्थामा पुगिसकेको हुँदा काँग्रेसले हातेमालो गर्दैै छाना फेरि दिएको हो ।

‘ निकै कमजोर आर्थिक अवस्थाका सुखबहादुर घर्तीको जिर्ण घर काँग्रेसका नेता कार्यकर्ता दिनभर खटिएर जस्ता पाताको छाना लगाइएको छ,’ उनले भने ‘ अबका हरेक महिना पालिका भित्रका प्रत्येक वडामा काँग्रेसले एउटा नमुना काम गर्ने छ ।’

घर्तीको घरमा टिनको छाना हाल्न कांग्रेस शान्तिनगर गाउँपालिका कार्यसमिति, वडा कार्यसमिति, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय अगुवाहरुले समेत श्रमदान गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *